प्रचण्डद्धारा वाम लोकतान्त्रिक गठबन्धन निर्वाचनसम्म हुनुपर्ने प्रस्ताव – Dastabej

प्रचण्डद्धारा वाम लोकतान्त्रिक गठबन्धन निर्वाचनसम्म हुनुपर्ने प्रस्ताव


काठमाडौं । नेकपा माओवादीको जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले हाल सरकारको नेतृत्व गरेको वाम लोकतान्त्रिक गठबन्धन आउने निर्वाचनसम्म हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै बामगठन्धनलाई जोगाई राख्ने धारणा राखेका हुन । नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भएको दाबी गरे । तर केपी शर्मा ओलीमा देखिएको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको उनको बिश्लेषण छ । उनले एमसीसी सम्झौताका साथै लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने समेत प्रस्तावमा उल्लेख गरेका छन् ।