नेपालगन्ज— नेपालगन्जको कारकाँदो र लगडहवा क्षेत्रमा मजाको खेति हुन्थ्यो । हाल भने ठूला महल बनिसके । जानकी गाउँपालिका खेति योग्य जमिनमा ठूला उद्योग स्थापना गरिएका छन् । यो क्रम जारी छ । मुलुककै प्रमुख अन्नको भण्डार बर्दियामा खेतियोग्य जग्गा खुम्चिने क्रममा छ । हरेक वर्ष खेतियोग्य जग्गा घट्दै गएपछि कृषि उत्पादन कम हुन थालेको छ । वर्षमा कति हेक्टर खेति जग्गा घट्यो त्यसको अनुसन्धान हुन बॉकी छ । तर देख्ने गरी नै डरलाग्दोरुपमा कृषि योग्य जमिन घट्ने क्रम जारी छ । कृषि अधिकारीहरुका अनुसार कृषि योग्य जमिन घट्नुको ७ प्रमुख कारण रहेको बताउ‘छन् । पछिल्लो समय शहर बिस्तारको क्रम जारी छ । गाउँहरु नगरपालिका बन्दै छन् । निजी वन बनाउने क्रम उस्तै बढ्दो छ । यसले निजी वनको क्षेत्रफल बढाएपनि खेतियोग्य जग्गामा निकै कमी ल्याएको छ । दोस्रो जग्गा प्लाटिङ गरी बिक्री गर्ने क्रम उस्तै छ । बर्दियाका सबैजसो बजार शहरउन्मुख नै छन् । त्यसैले प्लाटिङको व्यवसाय एक वर्षअघि एकाएक बढ्यो । तेस्रो नदीको कटानले सयौं खेतियोग्य जग्गा बगरमा परिणत हुँदै गएको छ । चौथो उद्योग स्थापना हुने क्रम बढेका छन् । बढीजसो इटा उद्योगले पनि खेतियोग्य जग्गामा कमी ल्याएको कृषि अधिकारी बताउ‘छन् । पॉचौ कृषिलाई आवश्यक पर्ने मल, बीउ महङ्गो हुने भएकाले पछिल्लो समय जग्गा बॉझो राख्ने चलन बढेको छ । बर्दिया र बॉकेको कृषि क्षेत्र हेर्ने कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले पछिल्लो समय खेतियोग्य जग्गा घट्ने क्रम बढेको बताउ‘छन् । यही क्रम जारी रह्यो भने अन्नको भण्डार मानिने बर्दियामा कृषि क्षेत्र नै संकटमा पर्नसक्छ । प्रदेश तथा स्थानीयले कृषि क्षेत्रमा जोड दिइरहेका बेला खेतियोग्य जग्गाको संरक्षणका लागि भने ठोस नीति ल्याउन सकेका छैनन् । ‘खेतियोग्य जग्गा घट्ने थुप्रै कारण छन् । तर प्रमुखरुपमा निजी वन, नदी कटान, प्लाटिङ लगायतका कारण हुन,’ उनले भने,‘खेतियोग्य जग्गा संरक्षणका लागि ठोस नीति ल्याउन आवश्यक छ ।’ बर्दियामा एक दशकअघि ७५ हजार हेक्टर जग्गामा खेति हुँदै आएको थियो । तर हाल भने घट्ने क्रममै छ । पछिल्लो तथ्यांकले करिव ४६ हजार हेक्टर जग्गामा धान खेति हुने देखाएको छ । नेपालगन्जको भुजईगाउँ, सुर्जीगाउँमा ५ बर्षअघि खेति हुन्थ्यो । हाल शहर बनिसक्यो । नेपालगन्जमात्रै होईन शहरीकरणसँगै जग्गा प्लटिङका नाममा खेतीयोग्य जमीन मासिँदै गएका छन् । वर्षौंदेखि खेती गर्दै आएको जग्गा प्लटिङ गर्दै महँगोमा जग्गा खरिद बिक्री हुन थालेपछि खेतीयोग्य जमीन घडेरीमा परिणत हुन थालेका हुन् । अहिले पनि बाँकेका विभिन्न स्थानमा खेतीयोग्य जमीन खण्डीकरण गरेर बासस्थानमा परिणत भइरहेका छन् । कोहलपुरको न्यु सिटी कोहलपुर नाम दिइएको स्थानमा मजाले दुई सिजन खेति हुन्थ्यो । हाल प्लटिङ गरी शहर बन्दै छ । दुई वर्षअघि अध्यावधिक गरिएको तथ्यांक अनुसार बाँकेमा ५७ हजार २५२ हेक्टर जग्गामा खेति हुन्थ्यो । हाल ५२ हजार ८ सय ३८ हेक्टर जग्गामा खेती भइरहेको कृषि ज्ञान केन्द्रको अभिलेख छ । १५ हेक्टर जग्गा रियल स्टेट कम्पनीहरुले ओगटेका छन् । ७ सय ९० हेक्टर जग्गा घडेरीले ओगटेको अभिलेख छ । बाँके र बर्दियामा वर्षेनी करिब ५ प्रतिशतका दरले खेतीयोग्य जमिन मासिँदै गएको छ ।
जनसंख्या वृद्धि र अव्यवस्थित बसोवास नियन्त्रणमा सरकारीस्तरबाट पहल हुन नसक्दा बाँकेमा खेतीयोग्य जमिन मासिँदै गएको हो ।
पहाडबाट तराईमा बसाई सराई पहाडी जिल्लाबाट तराईमा बसोबास गर्न आउनेहरुको संख्या बढ्दो छ । जसका कारण जग्गा महँगिएको हो । खेति योग्य जग्गा मासिदै गएको छ । गाउँबाट शहर छिर्नेहरु पनि उस्तै बढेका छन् । जसका कारण शहर आसपासका गाउँहरु पनिमा बस्ती बिस्तार हुने क्रम बढेको छ । नेपालगन्ज आसपासका गाउँहरुका बस्ती बाक्लो भइसके तर खेति योग्य जमिन मासिदै गएको छ । बर्दियाको गुलारिया, भुरीगाउँ, बाँसगढी नगरपालिकाको अवस्था पनि उस्तै छ । पहाडबाट ठूलो संख्यामा बसाई सराई हुन थालेपछि तराईको जनसंख्या बढेको हो । २०६८ को जनगणनाका आधारमा जनसंख्या विश्लेषण गरिएको एक अध्ययन अनुसार नेपालका सबै भौगोलिक र प्रशासनिक क्षेत्रहरूमा मानिसको बसोबास रहेको छ । हिमाली क्षेत्रमा न्यून बसोबास रहेको छ । हिमाली क्षेत्रमा बसोबास गर्नेको अनुपात घट्दै गएको छ भने तराई क्षेत्रमा बढ्दै गएको छ । यसैगरी पहाडी क्षेत्रमा समेत जनसंख्याको अनुपात घट्दो अवस्थामा छ ।
०६८ को जनगणनाका आधारमा जनसंख्या विश्लेषण गरिएको एक अध्ययन अनुसार नेपालका सबै भौगोलिक र प्रशासनिक क्षेत्रहरूमा मानिसको बसोबास रहेको छ । हिमाली क्षेत्रमा न्यून बसोबास रहेको छ । हिमाली क्षेत्रमा बसोबास गर्नेको अनुपात घट्दै गएको छ भने तराई क्षेत्रमा बढ्दै गएको छ । यसैगरी पहाडी क्षेत्रमा समेत जनसंख्याको अनुपात घट्दो अवस्थामा छ ।
कुल जनसंख्या २,६४,९४, ५०४
(जनसंख्या वृद्धिदर १.३५ प्रतिशत
हिमाली क्षेत्रमा बसोबास गर्ने जनसंख्या १७,८१,७९२ (६.७३ प्रतिशत)(पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,१३,९४००७ (४३.०१ प्रतिशत)
तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,३३,१८,७०५ (५०.२७ प्रतिशत)
यसरी तराई क्षेत्रमा आधा भन्दा बढी मानिस बसोबास गर्ने गरेको देखिन्छ । यातायातको सुविधा, रोजगारीका अवसर, कृषि उत्पादनका कारणले पहाडबाट तराईमा बसाईसराई बढी हुने कारणले पनि तराईको जनसंख्या वृद्धि हुने देखिन्छ । तराई क्षेत्रमा वैवाहिक कारण, धेरै सन्तान पाउने, अन्तर्राष्ट्रिय आप्रवासीको कारणले पनि जनसंख्या वृद्धि भइरहेको देखिन्छ ।
बढ्दो शहरीकरण
हिमाल र पहाडी क्षेत्रबाट तराईमा बसोबास सार्ने प्रवृत्ति नेपालमा परम्परागत नै रहेको छ । खास गरी २०२० (वि.सं.) पछि हिमाली पहाडी क्षेत्रबाट तराईमा बसाई सर्ने प्रवृत्तिको विकास भयो ।
(२०५८ को जनगणनामा हिमाली क्षेत्रको जनसंख्या अनुपात ७.३ प्रतिशत रहेकोमा २०६८ मा आइपुग्दा ६.७ प्रतिहत रहेको छ । जनसंख्या वृद्धि १ लाख ८ हजार जति मात्र छ । पहाडी क्षेत्रमा २०५८ मा ४४ प्रतिशत मानिस बसोबास गरेकोमा ०६८ मा ४३.१ प्रतिशत रहेको देखिन्छ । पहाडमा जम्मा १२ लाख मात्र जनसंख्या वृद्धि भएको छ । तराई क्षेत्रमा ०५८ मा ४८.४ प्रतिशत जनसंख्या रहेकोमा २०६८ मा ५०.२ प्रशित जनसंख्या रहेको र करिव २१ लाख जनसंख्या वृद्धि भएको छ । यसबाट हिमाली र पहाडी क्षेत्रबाट केही जनसंख्या तराई क्षेत्रमा सरेको बुझ्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रबाट बसाईसराई गर्ने मानिसहरू अधिकांश पूर्व पश्चिम राजमार्ग आसपास बसेको देख्न सकिन्छ ।
इटा उद्योग ः बाँके र बर्दियामा खासै ठूला उद्योगहरु छैनन् । तर पछिल्लो समय साना ठूला उद्योगहरु स्थापना हुने क्रममा छन् । ति उद्योग खेतियोग्य जग्गामा नै स्थापना भइरहेका छन् । बर्दियामा ३५ र बाँकेमा ४० बढी इटा उद्योग स्थापना भएपछि ३० हजार वर्ग मिटर फिट जग्गा घटेको छ । इटा उद्योग सन्चालन भएपछि उब्जाउ खेतमा बालुवा र कंक्रिट बन्दै गएको छ । उद्योग खोल्ने स्पष्ट सरकारी नीति नहु‘दा खाद्यन्न उत्पादन हुने जग्गामा इटा फाल्न थालेका हुन । जहा“ पायो त्यहि उद्योग खोल्ने क्रम जारी छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसारदेखि एक मिलोमिटर टाढा इटा उद्योग खोल्न पाउने नियम रहेको छ तर खेतियोग्य जग्गामा इटा उद्योग खोल्नका लागि कुनै स्पष्ट नीति छैन । एउटा उद्योगका लागि चार सय वर्ग मिटर फिट जग्गा आवश्यक पर्छ । इटा बनाउनका लागि पनि खेति योग्य जग्गाको माटो प्रयोग हुने गरेको छ । जसका कारण बाँके र बर्दियामा खेति योग्य जमिन दिनप्रतिदिन घट्दै गएको छ । कृषिको तथ्यांक अनुसार बाँकेमा ५७ हजार २ सय ५२ हेक्टर जग्गा खेतियोग्य जग्गा छ । त्यसमध्ये ५२ हजार ८ सय ३८ हेक्टरमा खेति हुँदै गएको छ । तर इटा उद्योगका कारण खेतियोग्य जमिन घट्दै गएको हो । सन्चालकले किसानका जग्गा लिजमा लिएर उद्योग खोल्ने गरेको पाइएको छ । किसानहरुले उत्पादन गरेको कृषि बस्तुको राम्रो मुल्य नपाउने गरेका कारणले पनि खेतियोग्य जमिन मासिदै गएको हो । खेतिबाट आउने आम्दानी भन्दा बढी मुल्य इटा उद्योग सन्चालक दिने गरेका छन् । इटा उद्योगका लागि जग्गा लिजमा दिंदा परिश्रम पनि गर्न नपर्ने तर राम्रो रकम पाउने गरेको किसानहरु बताउँछन् ।
निजी वन ः पछिल्लो समय खेति गर्ने जनशक्तिमा कमी आएपछि निजी वन लगाउने क्रम बढेको छ । पछिल्लो समय खेतियोग्य जग्गामा रुख रोप्ने क्रम एकदमै बढेको बताए । एक पटक रोपेपछि आठ÷दश वर्षमा झन्झट नहुने र फाईदा हुने भएका कारणले पनि बढी हुनसक्छ । निजी वन दर्ता गराउने क्रम पनि बढेकोछ । यहॉ जग्गा भएको तर जिल्ला बाहिर बस्ने जग्गाधनि पनि धेरै छन् । त्यसैले उनीहरुले रुख रोप्ने अनि बर्षाैपछि आएर बिक्री गर्छन । कृषिमा हरेक पल्ट लगानी गर्नुपर्ने तर आम्दानी पनि कम हुने भएर पनि होला रुख रोप्ने चलन बढेको हो । त्यस्तै किसानले बटैयामा खति लगाउन छोडेपछि पनि जग्गाधनिले रुख रोप्न थालेका हुन ।
प्लाटिङ ः कृषि योग्य जग्गामा यसअघि नै प्लाटिङ गरिएको छ । बढैयाताल गाउँपालिको मैनापोखर, भोलागौली, कालिका लगायतका स्थानका जग्गा घडेरीका लागि बिक्री भइसके । बाँसगढी नगरपालिकामा जग्गाको मुल्य छोइनसक्नु छ । ठाकुरबाबा नगरपालिकाको भुरी गाउँ, मधुवन नगरपालिकाको ताराता, सानोश्री क्षेत्रका खेतियोग्य जग्गा घडेरीका रुपमा परिणात भइसके ।
नदी कटान ः बर्दियाको बबई नदीले बर्षेनी सयौं विगहा खेतियोग् जग्गा कटान गर्दै आएको छ । परेवा ओडरदेखि भारतको सीमासम्मको हजारौ नेपाली जग्गा कटान र पटानले बगर बनिसकेको छ । दर्जनौ गाउ‘हरु बिस्थापित भइसके । भारतीय पक्षले बर्दिया सीमा नजिकै बबई नदी बनाएको गोपिया बाँध र कर्णाली नदीको पानीका लागि भारतले कैलाशपुरी बाँधले कटान बढी हुने गरेको हो । कैलाशपुरी बा“धले बर्दियाको राजापुर क्षेत्र र कैलालीका बस्तीहरु डुबान पर्दै आएका छन् । गोपिया बॉधका कारण गुलरिया नगरपालिकाको रत्नपुर, परसिया, बाँधुपुर, भादागाउ‘, इन्द्रपुर, सुरजपुर, तुलसीपुर, जब्दी, भैसाही, मोहम्दपुर लगायत दर्जन बढी गाउ‘ डुबानमा पर्दै आएका छन् । कैलाशपुरी बाँधका कारण राजापुर नगरपालिकाका दुई दर्जन बढी गाउँ कटानमा पर्दै आएका छन् । त्यस्तै बाँकेको राप्ती नदील् सयौं बिगघा जग्गा कटान गरिसक्यो । दर्जनौ गाउँ बिस्थापित भए । खेतियोग्य जग्गा बगर बनेका छन् ।
महङ्गो कृषि ः मल, बीउ महङ्गो छ । भनेको बेला मल पाईदैन । युवापुस्तामा खेतिप्रतिको आर्कषण निकै घटेको छ । त्यसैले पनि अन्नको भण्डारमा खेति प्रणाली सुस्ताएको छ । हाल मलको चरम अभाव छ । तर सरकारले उपलब्ध गराउन भने सकेको छैन । कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले कृषि उत्पादन बढाउन सरकारले कृषिमा सहुलियत दिनु पर्ने सुझाव दिन्छन् । तर मल, बीउ महङ्गो हु‘दा किसाले श्रम अनुसारको पारिश्रमिक पाउदैनन् । उत्पादन गरेको खाद्यन्नले मुस्किलले मल र बीउ किन्न पुग्छ । ‘वर्षभरीलाई पुग्ने गरी राखेर बिक्री गर्ने हो भने सिंचाई र मलकै पैसा पुग्दैन । त्यसैले युवाहरु खेतिमा नलागेका हुनसक्छन्,’ किसान रामद्दिन चौधरी भन्छन्,‘बस्तुभाउ पाल्ने चलन हराई सक्यो । ट्याक्टरले जोताएर खेति भइरहेको छ ।’ खेत जोत्नका लागि गोरुभैसी गाउँमा देखिदैन । खेति गर्नेले पनि ट्याक्टरले जोत्छन् । अधिकांशले आफूले पुग्नेमात्रै खेति गर्न थालेका हुन । बर्दियामा एक दशकअघि ७५ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुने कृषिको त्थयांक छ । तर पछिल्लो तथ्यांकले करिव ४६ हजार हेक्टर जग्गामा धान खेति देखाएको छ ।