बेलायतमा दोस्रो पटक राष्ट्रव्यापी लकडाउन घोषणा - Dastabej

बेलायतमा दोस्रो पटक राष्ट्रव्यापी लकडाउन घोषणा


  • नवीन पोखरेल, ईकान्तिपुरबाट

  • लन्डन — कोरोना भाइरस संक्रमण वृद्धि तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप बेलायतम एक महिना लामो लकडाउन घोषणा भएको छ । बेलायतमा दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा भएको हो ।
    झण्डै ४ साता लामो लकडाउन डिसेम्बर २ सम्म कायम रहनेछ । नयाँ नियम लागू भएपछि मानिसहरु विशेष कारणवश जस्तै शिक्षा, जागिर र खाद्यान्न किनमेलका लागिमात्र बाहिर निस्कन पाउनेछन् ।
    ब्रिटिस सरकारले गत २३ मार्चमा पहिलो लकडाउन घोषणा गरेको थियो । प्रधानमन्त्री जोन्सनले आ आफ्नो घरमै बसेर राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र मानिसहरुको ज्यान बचाउन अपिल गरेका छन् । उनले दोश्रो लकडाउनको विकल्प नभएको बताउँदै यदि अहिले सशक्त कदम नचालिए जाडोयाममा धेरैले ज्यान गुमाउने खतरा पनि औंल्याए ।

    नयाँ लकडाउनमा अत्यावश्यकबाहेक सबै रिटेल पसल बन्द रहने छन् । फरक घरका मानिसहरुसँग जमघट गर्न प्रतिवन्ध लगाइएको छ । हस्पिटालिटी क्षेत्र अन्तर्गत पब, बार रेस्टुरेन्ट बन्द रहनेछन् । तर तिनलाई टेकवे र डेलिभरी सेवा गर्न भने छुट छ ।
    मनोरन्जनस्थल, रिक्रियसन सेन्टर (जिम), हेयर ड्रेसर, नङ बनाउने सलुन, कपडा तथा विद्युतीय सामग्रीका पसल सबै बन्द हुनेछन् । शारिरीक अभ्यासका लागि बाहिर निस्कन दिइने छ ।
    सर्वसाधारणलाई ‘स्टे होम’ (घरमै बस्न) र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आह्वान गरिएको छ । जोखिममा रहेका र ७० वर्षभन्दा माथि उमेरका वृद्धवृद्धालाई बढी सतर्क रहन भनिएको छ । अन्य घरका एक जनासम्मलाई आउटडोर (घर बाहिर) भेट्न छुट दिइएको छ । मानिसहरुलाई काम विशेषका लागि अन्तर्राष्ट्रिय यात्रा गर्न दिइएको छ तर होलिडे मनाउन अन्य मुलुक जान प्रतिबन्ध लगाइएको छ । दोश्रो लकडाउनमा स्कुल, कलेज र विश्वविद्यालय भने बन्द नगराइने भएको छ । घरैबाट काम गर्न नमिल्ने अवस्थामा कामका लागि कार्यालय जान सकिनेछ । विशेषगरी उत्पादन र निर्माणको काम गर्ने कामदारका लागि बाहिर निस्कन छुट छ । ठूला सुपरमार्केट खुला रहनेछन् । सरकारले ८० प्रतिशत ज्याला दिने ‘फर्लो स्किम’ भने नोभेम्बरभर बढाइएको छ । यसअघि अक्टोबर अन्त्यमा उक्त स्किम सकिँदै थियो । बेलायतमा पछिल्लो समय संक्रमण बढ्दै जाँदा क्षेत्रगत रुपमा टियर वान, टु, थ्री गरि फरक तहका प्रतिबन्ध लागू गरिएको थियो । शनिबार मात्रै बेलायतमा कोभिड-१९ संक्रमित संख्या १० लाख ११ हजार नाघेको छ । विगत एक सातायता बेलायतमा दैनिक सरदर २३ हजार कोरोना संक्रमित थपिएका छन् । शनिबार ३ सय २६ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४६ हजार ५ सय ५५ पुगेको छ जुन युरोपमै सबैभन्दा बढी हो ।
    बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले थप कडाइ नगरे डिसेम्बर सुरुतिरै अस्पतालका श्य्याहरु भरिने चेतावनी दिएका थिए ।
    बीबीसीले प्राप्त गरेको एक दस्तावेजमा थप प्रतिबन्ध लागू नगरिए यहाँ अघिल्लोपटक भन्दा धेरै मानिसको मृत्यु हुने बताइएको थियो । उक्त दस्तावेजमा अहिलेकै अवस्था रहे दैनिक मृत्युदर ४ हजारभन्दा बढी हुनसक्ने उल्लेख छ । वैज्ञानिक सल्लाहकारहरुको समूह ‘सेज ग्रुप’ ले जाडो यामका बेला बेलायतमा कम्तीमा ८५ हजार मानिस मर्न सक्ने अनुमान गरेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार ०८:२५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार