मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोना मुक्त भएका हुन् । कात्तिक १५ शनिबार काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।