४५ वर्षअघि कृषि उत्पादन नेपालबाट भारत निर्यात, अहिले अर्बौको आयात – Dastabej

४५ वर्षअघि कृषि उत्पादन नेपालबाट भारत निर्यात, अहिले अर्बौको आयात

नेपालबाट कृषि उत्पादन भारत निर्यात शुन्य । नेपालगन्ज नाकाबाट थोकबाहेक दैनिक करोडौं फुटकररुपमा करोडौंको खाद्यन्न नेपाल भित्रिन्छ ।


  • दस्तावेज

  • नेपालगन्ज—बाँके र बर्दियाका किसानले उत्पादन गरेको धान, तोरी, मसुरो, गहु“, केराउ र चनालगायतका उत्पादन नेपालगन्जसंग सीमा जोडिएको रुपैडिहा र बाबागन्ज तथा बर्दिया नजिकै पर्ने मिहीपुरवा बजार पुग्थे । किसानहरुको उत्पादन भारतमा निर्यात हुन थालेपछि नेपाल सरकारले नेपाल—भारत सीमामा छोटी भन्सार स्थापना ग¥यो । छोटी भन्सारले कृषिजन्य बस्तु भारत निर्यात गरेवापत कर अशुली गर्थ्यो । तर अघिल्लो पुस्ताले भारतमा निर्यात गर्ने ईतिहास उल्टिएको छ । निर्यात ठप्प भएको छ । कृषिजन्य बस्तु आयात अत्याधिक बढेको छ । बाँके र बर्दियाबाट एक दर्जन नाकाबाट विभिन्न बस्तु निर्यात गरिदै आएको थियो । ति नाकालाई छोटी भन्सारको नाम दिइएको थियो । त्यति बेला सडक र आतायातको साधन नहुँदा गोरु गाडाबाट निर्यात गरिन्थ्यो । त्यसका लागि छोटो बाटो रोजिन्थ्यो । ‘त्यतिबेला गाडी मोटर थिएन । गोरु लडियामा धान बिक्री गर्न भारतको रुपैडिहा र मिहीपुरवासम्म पुग्थ्यो । धानको मुल्य २०÷२५ रुपैया“ बोरी बिक्री गरेर फर्किन्थ्यौ“,’ बढैयाताल गाउ“पालिका वडा न. ५ का पाका व्यक्ति रामलाल चौधरीले भने,‘अन्न बाली बिक्री गर्न जान र घर फर्किन तीन दिनसम्म लडिया कुदाउनु पर्थ्यो ।’ उनका अनुसार कृषिजन्य बस्तु भारत नियार्त गर्दा ५० पैसादेखि एक रुपैया“सम्म छोटी भन्सारमा कर तिर्नु प¥थ्यो । बर्दियाबाट रुैपैहिडा र मिहिपुरुवा पुग्न कम्तिमा ३६ किलो मिटर कच्ची बाटो पार गर्नुपर्ने बाध्यता थियो । त्यतिबेला बाँँके र बर्दियाबाट कति कृषिजन्य बस्तु भारत निर्यात गरिन्थ्यो त्यसको अधिकारिक अभिलेख नभएपनि एउटै गाउँबाट एक सय बढी गोरुगाडा कृषिजन्य बस्ुत बोकेर भारतका बजार पुग्थे । त्यस्तै गुलरिया क्षेत्रका किसानले मुर्तिहा नाका र पश्चिम राजापुर क्षेत्रका किसान छोटी भन्सार हुँदै भारतीय बजारमा निर्यात गर्दै आएका थिए । भारतीय बजारबाट किसानहरुले नुन र मट्टी तेल किनेर फर्किन्थे । खाद्यबस्तु कहिल्यै किन्नु परेन । ‘अन्नबाली जति पनि उत्पादन हुन्थ्यो । त्यसैले धान, गहु“ बिक्री भारतमा गर्दै आएका थियौं,’ रामलालले भने,‘अहिले त उल्टो भईसक्यो । भारतबाट चामल, पिठो किनेर ल्याएको देख्छु ।’
    नेपालगन्जको जमुनाहामा मुल भन्सार २०१३ (६३) बर्षअघि स्थापना गरिएको थियो । तर सडक नहुँदा मुल भन्सारको मातहत रह्ने गरी बाँके र बर्दियाका ग्रामिण नाकामा त्यसपछि छोटी भन्सार राखियो । करिव ४५ वर्षअघिसम्म नेपाली किसानले भारतमा राम्रैगरी कृषिजन्य बस्तु निर्यात गरे । तर हाल सबैथोक भारतीय बजारबाट नेपालमा निर्यात हुन थालेको छ । नेपाली कृषिजन्य बस्तु भारतमा निर्यात पूर्णरुपमा ठप्प छ । कृषि उत्पादनमा कमी आएपछि भारतीय बजारले नेपाली गाउ“लाई पूर्णरुपमा च्यापिसकेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले हाल छोटी भन्सार बन्द भइसकेको बताए । उनका अनुसार सडक, यातायातको साधन बढेसंगै बन्द गरिएको हो । ‘नेपालबाट कृषि उत्पादन भारतमा निर्यात हुने क्रम घट्दै गएपछि मुल नाकाहरुमा मात्रै भन्सारको व्यवस्था मिलाइएको हो । हाल शहरमा मात्रै भन्सार छ । गाउ“को नाका बन्द छ,’ उनले भने,‘मुल नाकाबाट कृषिजन्य बस्तु भारतमा निर्यात भएको देखिदैन ।’ पछिल्लो सयम खेति गर्ने किसान गाउ“मा पाउन छाडिसक्यो । युवाहरु विदेश धमाधम पलायन भइरहेका छन् । जग्गा नभएका सर्वसाधारणहरु खेति गर्नुभन्दा पनि मजदुरीका लागि शहर पसिसके । खेति मह“गो बन्दै गएको छ । सरकारले कृषिमा कुनै अनुदान दिन सकेको छैन । मलबीउ मह“गो हुने र उत्पादन कम मुल्यमा बिक्री हुने गरेका कारण खेतिप्रति आकर्षण घट्दो छ । भारतीय किसानलाई पानी निशुल्क छ । मलमा बम्पर छुट छ । पावर ट्रालीमा भारी सहुलियत छ । जसका कारण भारतीय उत्पादनसंग नेपाली किसान प्रतिस्पर्धा गर्न सकेका छैनन् । भारतको उत्पादन हाल हरेक नेपालीको भन्सामा पुगेको छ । अन्नको भण्डार मानिने जिल्लाहरु निर्यात होईन आयतमा भर पर्न थालेको छ ।
    चालु आर्थिक वर्षमा नेपालगन्ज भन्सारले कृषिजन्य उत्पादनलगायतका बस्तुहरु भारतबाट आयात गरेवापत ५ अर्बं ३२ करोड राजस्व संकलन गरेको छ । कृषिमा भारी भन्सार छुट छ । तर पनि अर्बौ भन्सार राजस्व संकलन हुँदा आयातको परिणाम कति धेरै हुन्छ सहजै अनुमान गर्न सकिन्छ । गत वर्ष ११ अर्ब भन्सार राजस्व संकलन भएको थियो । पेट्रोलियम र खाद्यन्न सबैभन्दा बढी आयात हुने गरेको हो । नेपालगन्ज नाकाबाट थोकबाहेक दैनिक करोडौं फुटकररुपमा करोडौंको खाद्यन्न नेपाल भित्रिन्छ । दैनिक उपभोग्य बस्तु खरिद गर्न छिमेकी भारतीय रुपैडिहा बजारमा नेपालीहरुको घुईचो लाग्छ ।

  • १७ कार्तिक २०७७, सोमबार ०७:४६ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ