नेपालगन्ज— कोरोनाबाट संक्रमित नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरकी ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएपछि बाँकेमा मृतकको संख्या ३२ पुगेको छ । आईतबार साँझ ५ वजे उनको भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।