होटल सञ्चालकको हत्या अभियोगमा रोल्पाका चार जना पक्राउ - Dastabej

होटल सञ्चालकको हत्या अभियोगमा रोल्पाका चार जना पक्राउ


  • मनोज डाँगी


  • मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या भएको छ । हत्या अभियोगमा रोल्पामा चार जना किशोर पक्राउ परेका छन् । रुन्टीगढी(२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै ती किशोरहरुलाई नियन्त्रणमा लिएको हो ।
    प’क्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छ्न ।
    कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि कुटपिट गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।
    वृद्धलाई गम्भीर घाइते बनाएर फरार भएका उनीहरुलाई घरगोठमा फेला पारिएको प्रहरी प्रबक्ता खड्काले बताए । थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए । पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

  • १७ कार्तिक २०७७, सोमबार १०:२७ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न