प्रहरीद्वारा बालिका बलात्कारपछि हत्या प्रयास, अभियुक्त चौकीबाटै फरार - Dastabej

प्रहरीद्वारा बालिका बलात्कारपछि हत्या प्रयास, अभियुक्त चौकीबाटै फरार


  • मोहन शाही (ईकान्तिपुरबाट )

  • डोटी — १५ वर्षीया बालिकालाई एक प्रहरी जवानले बलात्कार गरी हत्याको समेत प्रयास गरेको भन्दै उजुरी परेको छ । जोरायल गाउँपालिकाकी बालिकालाई गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशिल सिंहले बलात्कारपछि हत्याको प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दर्ता गरेका छन् । कात्तिक १३ को राति ११ बजेतिर छोरी घरकै कोठामा सुतिरहेको अवस्थामा बलात्कार गरी कोदोबारीमा मरेको भन्दै फालेको बालिकाका बुबाले बताए । घरदेखि घिसार्दै कोदोबारीमा लगेर फालेको अवस्थामा राति ३ बजेतिर छोरीलाई भेटेको उनको भनाइ छ । ‘राति कोही चिच्चाएको आवाज आयो,’ पीडित बालिकाका बुवाले भने, ‘को रहेछ भनेर गएको त छोरी रहेछ । छोरीलाई उसैको दोपट्टाले घाँटी कसेर मरीसकी भनेर फालेको रहेछ ।’ घटनाको तीन दिनपछि मात्रै धनगढीस्थित प्रादेशिक अस्पतालमा बालिकाको चेत खुलेको थियो । घटना भएको ५ दिनपछि पीडित बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय डोटीमा जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेका छन् । अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेपनि होस आएको थिएन । बालिकाको घाटीमा गहिरो कालो निलडाम छ । खुट्टा र शरीरमा निलडाम रहेको बालिकाका बुवाले बताए । उनी बेला बेला बरबराउँछिन् । मानसिक रुपमा विक्षिप्त रहेकी छन् । घटनाबारे प्रहरी चौकीलाई समयमै पीडितका आफन्तले जानकारी गराउँदा पनि मुद्दा दर्ता गर्दासम्म अभियुक्त प्रहरी चौकीबाटै फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले पीडित बालिकाका आफन्तले उजुरी दर्ता गर्न आएपछि प्रहरी चौकीको सम्पर्कमा नरहेको फोनमा बताए । पीडितका आफन्तले प्रहरीको मिलेमतोमा अभियुक्तलाई विभिन्न बहाना गरेर घटनालाई कम्जोर बनाउने चलखेल भइरहेको आरोप लगाएका छन् । प्रहरीकहाँ घटना भएको दोस्रो दिनमै उजुरीका लागि गएपनि दर्ता नगरेको उनका बुवाले बताए । गड्सेरा प्रहरी चौकीका इन्चार्ज चन्द्र सिं भण्डारीले उपचार पछि गाउ आउन र घटनाबारे आपसी सहमती गर्न भनेको वुवाले बताए । ‘दोस्रो दिन अस्थायी प्रहरी चौकी गड्सेरा गयौं त्यहाँ पहिले बालिकाको ज्यान बचाऔं त्यसपछि कानुनी प्रक्रिया अघि बढाउला भनेर गाउँले र प्रहरीले भने’, पीडितका बुवाले गुनासो राखे,‘जोरायल प्रहरी चौकी जाँदा पनि उजुरी दर्ता भएन छोरीको अवस्था नाजुक भएकाले बेहोस अवस्थामै उपचारका लागि धनगढी लाग्यौं । आइतबार होस आएपछि सोझै डोटी जिप्रका आएर उजुरी दर्ता गर्‍‍यौं।’ प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गर्न खोजेपनि ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको पीडित बालिकाका आफन्तले आरोप लगाए ।
    जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी पाण्डेयले उजुरीको ब्यहोरा नमिलेकाले मात्र निवेदन सच्याएर ल्याउन पीडितका आफन्तलाई प्रहरीले सम्झाएको बताए । उनले ब्यहोरा मिलेर आउने बित्तिकै दर्ता गरिएको बताए ।

  • १८ कार्तिक २०७७, मंगलवार ०७:४२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता