सामाजिक कार्यलाई अवसरको रुपमा लिएर अगाडी बढ्दै:अभियान्ता लिला – Dastabej

सामाजिक कार्यलाई अवसरको रुपमा लिएर अगाडी बढ्दै:अभियान्ता लिला


  • प्रेम सिंह एस के

  • वि.स. २०७० साल देखि निरन्तर रुपमा सामाजिक कार्यमा अग्रसर सामाजिक अभियन्ता लिला सुनार गरिब, बिपन्न तथा असहाय बालबालिका हरुलाइ ब्यक्तिगत तथा सामुहिक रुपमा सहयोग गरिरहनु भएको छ । उहाँ आफुले सहयोग गर्न पाउँदा खुसी रहेको र यसरी निरन्तर रुपमा सामाजिक कार्य गर्ने भन्नुभयो । बाँकेको खजुरा गाउँपालिका ४ पिपल चौताराका महिला तथा बालबालिका संरक्षण सेवा केन्द्र खजुराका अध्यक्ष लिला सुनार पनि एक हुन । आफ्नो आदर्शलाई सदैव अगाडि राख्दै जिवनमा निकृष्टतम परिस्थितिमा पनि सामाजिक कार्यमा लागिरहनु भएको छ । समय र परिस्थिति संगै भबिष्यका सपना बुन्न थाल्छन् । इच्छा र आकाङ्क्षा मात्रा नभएर सुनारको बाल्यकालको सपनाले सामाजिक यात्राको बाटो तय भएको थियो । तर उहाँको मन मस्तिष्कमा सामाजिक कार्य गर्ने भन्ने सोचले जरा गाडिसकेको थियो । उहाँले आफुलाइ कर्मफल भन्दा कर्तव्य ठानेर सामाजिक सेवामा लाग्नु भएको छ । स्थानीयवासी लगायत घर परिवारले उहाँलाई सामाजिक कार्यका लागि अगाडि बढेको हुनाले खुसी भएका छन । सहयोगी मन, आत्मबिश्वास , संघर्ष, तथा नि: स्वार्थ भावनाले सामाजिक सेवामा तल्लीन भए जस्तोसुकै परिस्थितिमा पनि सफल सामाजिक अभियान्ताको रुपमा स्थापित गर्न सकिन्छ । आफ्नो जन्मदिनको अवसरमा एकल , बिपन्न, असाहय, गरिब तथा बिपन्न परिवारका बालबालिकाहरुलाई गायिका बिष्णु खत्री क्षेत्री र अध्यक्ष सुनारको संयुक्त योजनामा झोला बितरण गरिएको थियो । सामाजिक कार्यप्रतिको लगाव, तत्परता, संघर्ष सफलताको दृढ संकल्पका साथ अगाडि बढेमा महिला होस या पुरुष सामाजिक सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ । बाल्यकालमा आफुले भोगेको दु:ख अरुले भोग्न नपरोस् भन्ने लक्ष्य तथा विद्यार्थीकाल देखि नै सामाजिक सेवामा लागेर आफुलाइ अब्बल बनाउने तथा बाल्यकालको सपना पनि पूरा गर्ने दाबी गर्नुभयो । बिगत ७ बर्ष देखीको अथक प्रयास, मेहनत, मिलनसार र मनकारी सामाजिक अभियान्ता सुनारलाई शुभचिन्तक , साथिभाइ लगायत अग्रज ब्यक्तित्वहरुको सल्लाह र सहयोगलाई आत्मसात गरि सामाजिक कार्यको सुरुवात गर्दै आउनुभएको छ । समाजमा यसरी एकल , बिपन्न, असाहय, गरिब तथा बिपन्न परिवारका महिला लगायत बालबालिकाहरुलाई निरन्तर रुपमा संयुक्त मात्र नभएर ब्यक्तिगत रुपमा पनि सहयोग गर्दै आउनु भएको छ । गायिका बिष्णु क्षेत्री र लिला सुनारले संयुक्तरुपमा असोज १५ गते शनिबार जन्मदिनको अवसरमा पनि विभिन्न समुदायका बालबालिकाहरुलाइ झोला बितरण गरिएको थियोे । सोहि अवसरमा सामाजिक अभियान्ता तथा लोकदोहोरी गायिका बिष्णु क्षेत्री, हिरा बिश्वकर्मा, पत्रकार ललित पहाडी, खजुरा गाउँपालिका ४ का देवराम बिसि, शुष्मा परियार, दलित नेत्री बिरमा सुनार, कुशल दर्लामी, दीक्षा बिसि लगायतले अभियान्ता लिलालाई सामाजिक कार्यमा निरन्तर लागिरहेको हुँदा शुभकामनाकासाथै सम्मान समेत गर्नुभएको थियो । जस्ले गर्दा स्थानीयवासीको मनमुटुमा बस्न सफल हुनुभएको छ । महिलाले घरमा मात्र सिमित नरहेर सामाजिक कार्यमा समेत अग्रसर भएमा समाजले हेर्ने नजर पनि परिवर्तन गर्न सकिने भाव व्यक्त गर्नु भयो । नेपाली समाजमा सामाजिक कार्य गर्ने क्रममा महिलालाई हेर्ने दृष्टिकोण पुरुषहरूको भन्दा फरक भएको हुँदा पनि विभिन्न सामना गर्दै आउनुभएको थियो । फलस्वरुप उहाँलाई हौसलाका साथै सामाजिक कार्यमा उत्प्रेरित गर्नका लागि अग्रज तथा शुभचिन्तकहरु द्वारा समेत सम्मानित हुनुभयो । घरपरिवार, स्थानीयवासी लगायत सबै क्षेत्रबाट आफुलाइ साथ ,सहयोग र सल्लाह सुझाव समेत पाएको हुँदा आफ्नो बाल्यकालको सपना साकार हुने दाबी गर्नु भयो । स्थानीयवासीहरु लगायत सबैले दिएको सल्लाह सुझावले सामाजिक अभियान्ता सुनारलाइ प्रेरणाको श्रोत बनेको छ । आफुमा भएको सहयोगको भावना, बिगतको भोगाइ अथक मेहनत र संघर्षको यात्राले सम्मानित भएको र आफुले चर्चाको शिखरमा पुग्ने सगौरव सुनाउनुभयो । यसरी आफुले पाएका सल्लाह सुझावलाई ब्यवहारमा उतार्नुका साथै सामाजिक कार्यले सामाजिक अभियान्ताको रुपमा सम्मानित हुँदा गौरवान्वित महसुस गर्नुभयो । उहाँमा मनकारी विचार, कल्पनाचित्र, संघर्ष तथा बाल्यकालमा भोगेका समस्या अरुले भोग्न नपरोस् भन्ने सर्बोत्कृष्ट धारणा रहेको छ । समाजले हेर्ने नकारात्मक दृष्टिकोणलाई छिचोल्दै निडर स्वाभाव, सहयोगको भावना आफुमा रहेको हुँदा सदैव निरन्तर रुपमा नि:स्वार्थ भावना बोकि अगाडि बढ्ने अध्यक्ष तथा सामाजिक अभियान्ता सुनारले भन्नुभयो । एकल महिला तथा अपांग , अशक्त, बुवाआमा गुमाएका, आर्थिक अवस्था कमजोर भएका पीडित बालबालिकाहरुलाइ निरन्तर रुपमा सहयोग गर्दै जाने, समाजमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि गहन अध्ययन गरि , दृढ संकल्पका साथ अघि बढ्ने योजना रहेको छ , जसरी नदि निरन्तर गतिशील प्रवाहमा बगिरहेको हुन्छ त्यसैगरी आफु पनि सामाजिक सेवामा लाग्ने उहाँले भन्नुभयो । सामाजिक कार्यकालागी महिलालाइ अगाडि बढ्न परिवार लगायत समाजले पनि साथ दिनुपर्छ । स्वयं महिलाहरुले पनि नडराइ आफुले पाएका जिम्मेवारीहरु तथा नि:स्वार्थ भावना बोकेर इमान्दारीका साथ आफुलाई खार्दै आफ्नो वरपर विश्वासको वातावरण निर्माण गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

  • १८ कार्तिक २०७७, मंगलवार ०८:४९ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु