सल्यान- नेपाली सेनाको सबुज गण सल्यान र सशस्त्र प्रहरी बल ४७ न गुल्म रुकुम पश्चिमले ब्लड बैंककै रुपमा स्थानीयलाई सहयोग गरी ज्यान जोगाउँदै आएका छन् ।। जिल्लामा ब्लड बैंक नहुँदा बेला बेला बिरामीहरुलाई ब्लड चाहिन्छ,त्यतिबेला नेपाली सेनाले सहयोग गर्दै आएको छ । अ न्तिम अवस्था ,जटिल अवस्थाका बिरामीलाई ब्लड चाहिएमा अस्पताल तथा स्थानीयबासि नेपाली सेनालाई नै गुहार्ने गर्छन् । हुन त पहाडी जिल्ला तथा ब्लड बैंकको सुविधा नभएका ठाउँमा अनेत्र पनि ब्लड दिने गरिदै आएको हो । जकिा कारण सल्यानमा बिरामी र सेना तथा सशस्त्र प्रहरीकोे घनिष्ठ सँग जोडिएको छ । सुरक्षाकर्मीहरुले ब्लड दिएर धेरै सुत्केरी महिलाको ज्यान स्थानीय बताउँछन् । केही दिनअघि एक सुत्केरी महिलाको ज्यान बचाउन आवश्यक परेको ब्लड पनि नेपाली सेनाले उपलब्ध गराएको थियोे । (हामी कहाँ खबर आउने बित्तिकै हामी तुरुन्तै सहयोग गर्छौ, सेनानी राजेश कार्कीले भने । त्यसैगरी कपुरकोट गाउँपालिका ५, रिम स्थायी ठेगाना भएकी वर्ष ३५ की गोमा पुन मगरको दुवै मृगौला फेल भई थप रगतको आवश्यक परेकाले निजलाई सोमबार श्री सबुज गणमा कार्यरत गोर्कण खड्का, मिलन राई र किरण बुढा मगरले रगत सहयोग गरेका छन ।हाल उक्त महिलाको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार भईरहेको छ ।
सल्यान जिल्लामा कोभिड १९ को महामारी नियन्त्रणका लागि अग्रपंन्तिमा रही कार्य संचालन गर्दै आईरहेको नेपाली सेनाको श्री सबुज गणले अन्य विभिन्न जनहित कार्य एवम् स्थानिय जनताको स्वास्थ्य अवस्था सुधारको लागि माग हुने गरेका रक्तदान जस्ता आवश्यक सहयोग समेत गर्दै आईरहेको छ । साथै, भविष्यमा यस प्रकारका जनहितका कार्य संचालन गर्न श्री सबुज गण सदैव तत्पर रहेको जानकारी समेत गराएको छ।सबुज गण सल्यान प्रमुख गण पति कंचन बस्नेत जानकारी दिएका छ्न ।
त्यस्तै सोमबार सशस्त्र प्रहरी बल ४७ न गुल्म रुकुम पश्चिम बाट सानोभेरि गाउँपालिका वडा न ४ बस्ने बर्ष ३८ कि अनिता ओलीलाई सशस्त्र प्रहरी बल ४७ न गुल्ममा कार्यरत प्रताप चौधरी र पितामबर ठकुन्नाले ए ब्लड दिएर उनको उपचारमा सहयोग गरे । यस प्रकारका कार्य निरन्तर भैरहेको सशस्त्र प्रहरी बल रुकुम पश्चिम प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सिङ धामिले बताए ।कर्णालीका अन्य जिल्ला भन्दा रुकुम पश्चिममा केही सुविधा सम्पन्न जिल्ला भएपनि ब्लड बैंकको सुविधा नभएको जिल्लामा पर्छ ।