नेपालगन्ज—बाँके राष्ट्रिय निकुन्जको ब्यास्क पाटे बाघको र १० किलो हड्डीसहित प्रहरीले राप्ती सोनारी गाउँपालिका १ सिमलघारीका नरबहादुर घर्ति मगरलाई पक्राउ गर्यो । गत असार २१ गते पक्राउ परेका मगरले उक्त छाला प्रकाश आचार्य र नरे घर्तीले दिएको बयान दिएका थिए । त्यस्तै प्रहरीले मंगबार दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ४ जनालाई फक्राउ गर्यो । कोहलपुर नगरपालिका ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सुर्खेत ब्राहाताल गाउँपालिका ७ का लालबहादुर नेपाली, गणेश नेपाली र चामुडा बिन्द्राशैनी गाउँपालिका वडा नं ५ दैलेखका उमेश थापा र दिनेश कार्की पक्राउ परेका हुन । यसअघि पाटे बाघ र रेड पाण्डाको छालासहित बाँके र बर्दियामा पक्राउ परेका दर्जनौ घटनाहरु सार्वजनिक भएका छन् । दुर्लभ बन्यजन्तुको तस्कारी गरेको आरोपमा नेपालीहरु पक्राउ पर्दै आए पनि यस्ता घटनामा अन्र्तराष्ट्रिय तस्करको गिरोहको संलग्नता रहेको पाइएको छ । खासगरी बा“के र बर्दियालाई अन्र्तराष्ट्रिय गिरोहले ट्र«ान्जिट बनाउँदै आएका छन् । बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले पाटे बाघ र रेडपान्डाको छाला तथा अंगहरुको उपभोक्ता नेपालमा नरहेको बताउँछन् । उनका अनुसार नेपाल र भारतबाट हुने बन्यजन्तुहरुको तस्करी बढीजसो चिन तर्फ हुने गरेको छ । भारतबाट तस्करी गरिएका बन्यजन्तुहरु पनि बाँके र बर्दिया हुँदै त्यस तर्फ तस्करी हुने गरेको छ । ‘खासमा पाटे बाघ र रेडपाण्डाको तस्करी अन्र्तराष्ट्रिय गिरोहबाटै हुन्छ । तर नेपालमा केही हदसम्म हुनसक्छ,’ उनले भने,‘नेपालीहरुको पनि संलग्नता हुनसक्छ । तर बढीजसो बिदेशमा तस्करी हुने गर्छ ।’ कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाईने अति दुर्लभ रेडपाण्डा चोरीशिकारी गरी छाला तस्करीका लागि नेपालगन्ज ट्रान्जीट पोइन्टको रुपमा प्रयोग गरेको पाइएको छ । रेडपाण्डाका छाला यहा“बाट काठमाडौं तस्करी हुने गरेको हो । दुलर्भ बन्यजन्तुको छाला काठमाडौंबाट चीनसम्म तस्करी हुने गरिएको विभिन्न घटनाले देखाएका छन् । गत वर्ष रेडपाण्डाको दुई वटा छालासहित केही व्यक्ति पक्राउ परेका थिए । त्यसअघि बैजनाथ गाउ“पालिका १ गाभरबाट चितुवाका दुई छाला र ६ दाह्रासहित केही व्यक्ति पक्राउ परेका थिए । ति सबै घटनामा नेपालीहरु नै पक्राउ परेका थिए ।
अन्र्तराष्ट्रिय गिरोहले पश्चिम तराईका जंगल र निकुन्जका बाघ मार्न भारतीय बाबरिया प्रयोग गरेको पुष्टि भएपछि सुक्षम सुरक्षा निगरानी बढाइएको थियो । तस्करहरुको पहिचान गर्न शंकास्पदरुपमा मगेर हिड्ने गरेको पाइएको छ । विभिन्न जनावरका दाह्रा, हड्डी र नाङग्राको माला लगाएर गाउँमा हिड्डुल गर्ने जोगीको भेषमा रहेका व्यक्तिलाई निगरानी गरिदै आएको थियो । पश्चिम तराईका जंगल र निकुन्जमा बाघको शिकार गर्न भारतीय बाबरिया मगान्ते बनेर आउने गरेको पुष्टि इन्टरपोलसमेतले गरिसकेको छ । भारतको पञ्जाब, हरियाणा र चण्डीगढ लगायतका क्षेत्रमा बसोबास गर्ने आदिबासी बाबरिया समुदायलाई बाघ तस्कर गिरोहले प्रयोग गर्दै आएको यबन्यजन्तु तस्करी नियन्त्रणका लागि यस क्षेत्रमा खटिएका केन्द्रिय अनुसन्धान ब्युरोका (सिआईबी) अधिकारीले जनाएका छन् । उनीहरुको पुर्खौली पेशा पासो थापेर र विष हालेर बाघको शिकार गर्नु हो । ती समुदाय भारतबाट नेपाल आएर फिरन्ते र माग्ने पेशा अपनाएर बस्ने तर बाघको शिकार गर्ने सिआईबी अधिकारी बताउँछन् । लुम्बनी प्रदेश प्रहरीका एसएसपी राजकुमार बैदावारले भारत र चिनसंगको खुला नाकाका कारण बन्यजन्तुको तस्करीको पोईन्ट बाँके बर्दिया बनेको बताउँछन् । ‘खासमा बढीजसो चिन तर्फ यसको माग बढी भएको अनुसन्धानले देखाउँछ । रेडपाण्डाको छाला तस्करी काठमाडौंमा पनि पठाईन्छ,’ उनले भने ।
दुर्लभ बन्यजन्तुको चोरी तस्करी नियन्त्रणका लागि इन्टरपोल, सिबीआई लागिपरेका छन् ।
रेडपाण्डा पश्चिमको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, डोल्पा, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरालगायतका क्षेत्रमा पाईने गरेको छ । दुई हजार मिटरभन्दा बढी उचाईमा पाईने रेडपाण्डा संरक्षित बन्यजन्तु हो । साईटिसको अनुसूची १ र आईयुसिएनको रातो किताबमा अति संकटापन सूचीमा सुचिकृत छ । नेपालमा करिव तीन सयदेखि एक हजारसम्म रेडपाण्डा रहेको जिभिन्न अनुसन्धानले देखाएको छ । ति मध्ये ४६ प्रतिशत पश्चिम क्षेत्रको पहाडी जिल्लामा पाईन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को दफा २६ बमोजिम ५ बर्षदेखी १५ बर्षसम्म कैद तथा ५० हजारदेखी १ लाखसम्म जरीवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । दुर्लभ रेड पाण्डा नेपालको उच्च पहाडी क्षेत्रमा पाइने वनका अधिकारी बताउ“छन् । उच्च पहाडी हिमाली क्षेत्रमा रेडपाण्डाको शिकार गरी तस्करी लागि नेपालगन्ज र कोहलपुरलाई प्रयोग गरिदै आएको छ । लजालु स्वभावको रेडपाण्डाले मानिसलाई देख्दा एकोहोरो हेरिरहने र नभाग्ने भएकाले शिकार गर्न सजिलो हुने हु“दा चोरी शिकार बढी हुने गरेको हो । विज्ञका अनुसार यसको कुनै अङ्गको औषधीय प्रयोग हु“दैन । शारिरीक रूपमा एकदमै सानो आकारको हुने भएकादे मासु पनि खान लायकको हु“दैन ।