सल्यानका आठ स्थानीय तहले ११ वटा एम्बुलेन्स खरिद गरेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै तीन बर्षको अबधिमा जिल्लाका एक नगरपालिका र सात वटा गाउँपालिकाले गरेर ११ वटा एम्बुलेन्स खरिद गरेका हुन् । जिल्लामा रहेका १० स्थानीय तह मध्ये हाल बन्गाड कुपिण्डे नगरपालिकाले एम्बुलेन्स खरिदको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ भने शारदा नगरपालिकाले खरिद गर्ने सोच वनाएको छ ।
आफ्नो लागी गाडी र मोटरसाइकल खरिद गरेका स्थानीयय तहका जनप्रतिनिधिहरुले झण्डै तीन बर्षको अबधिमा ११ वटा एम्बुलेन्स खरिद गरेका हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सबै भन्दा धेरै ४ वटा एम्बुलेन्स खरिद गरेको छ । एम्बुलेन्स नहुदाँ नागरिकहरुलाई उपचारको लागी स्वास्थ्य संस्थाहरु सम्म जान समस्या भएकाले उनीहरुको सहजताको लागी एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाको भनाईरहेको छ ।
यस्तै कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका, कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिकाले एकरएक वटा एम्बुलेन्स खरिद गरेका छन् ।
यस्तै हालसम्म एम्बुलेन्स विहिन शारदा नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने तयारी गरेको जनाएको छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले नगरपालिका एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको बताए। उजले एम्बुलेन्स खरिदको लागी रकम भुक्तानी गरिसकेको बताउदैँ अबको केही दिनमा नगरपालिकाका एक वटा एम्बुलेन्स आउने जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर १७ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । कार्यालयका सूचना अधिकारी थलराज डिसीले सरकारी, निजि क्लिनिक र सहकारीको गरेर जिल्लाभर १७ वटा एम्बुलेन्स सञ्चालनमा रहेको जानकारी दिए ।