५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ - Dastabej

५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ


  • मनोज डाँगी

  • बिरेन्द्रनगर –  सुर्खेत जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, सोही नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर ९ का २५ वर्षीय प्रवेश गुरुङ, वडा नम्बर ३ का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर ६ का ३२ वर्षीय निराजन शाहीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए। उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको उनले बताए। उक्त विषयमा थप अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको  छ। ।

     

    Chat Conversation End
  • १९ कार्तिक २०७७, बुधबार १९:४६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार