नेपालगन्ज— बिदेश जाने भन्दै भारत पसेकी बर्दियाकी एक महिला दुई वर्षपछि घर फर्किन । पहिलेभन्दा उनको स्वभाव र शरिरमा निकै परिवर्तन थियोे । पहिरन र बोलाईमा उस्तै भिन्नता देखियो । स्थानीयले हालैसालै सुत्केरी भएको हुनसक्ने शंका गरे । गाउमा सुरु भएको गाँईगुई हल्ला मानव बेचबिखनबिरुद्ध काम गर्ने अधिकारबादीसम्म पुग्यो । उनीहरुले ति महिलाका बारेमा सुक्षम अध्ययन थाले । सबै कुरा गोप्य राख्ने प्रतिबद्धतापछि गर्भ भाडामा दिएको दर्दनाक घटना सुनाउन उनी तयार भईन । भारु एक लाखमा उनले भारतमा अरु कसैका लागि सन्तान जन्माएर घर फर्केकी रहेछिन् । बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा पठाई दिने भन्दै उनलाई भारतको दिल्ली पु¥याइएको रहेछ । चार महिनासम्म दिल्लीको एक कलोनीमै राखियो । अचानक एक दिन नया“ प्रस्ताव आयो— कुबेत जानुभन्दा भाडामा गर्भ बोक्न डेढ लाख भारु रकम । काम गर्न नपर्ने । अरामका साथ बस्न पाइने । खानपीन उस्तै राम्रो । प्रस्ताव इन्कार गरे ज्यानको जोखिम । ‘अन्ततः बच्चा जन्माई दिने प्रस्ताव स्वीकारियो । नचाहेर पनि गर्भ बोकियो । बच्चा जन्माएको छ महिनापछि पैसा दिएर फिर्ता पठाए,’ ति महिलाले भाडाको गर्भ (सेरोगेसी) बारे अनुसन्धानमा लागिपरेका अधिकारबादीहरुलाई सुनाईन,‘बच्चा जन्माउनु पर्छ भनेर लगिएन । कुबेत पठाई दिने भन्दै लगिदो रहेछ । प्रलोभनमा पारिन्छ । प्रस्ताव स्वीकार नगरे धम्की दिएर भए त्यस्तो गराईन्छ ।’ उनका अनुसार घरबाट कुबेत हिडेको भनेकाले घर फर्किन समस्या भएको थियो । कुबेतमा हुने कमाई गर्भ बोकेबापत पाइने भएकाले पनि नेपाली महिलाले प्रस्ताव स्वीकार्ने गरेका हुन ।
बा“के कोहलपुर क्षेत्रका एक महिला पनि त्यसैगरी भारतबाट फर्केकी छन् । उनका अनुसार भाडामा गर्भ दिने नेपाली महिलाहरु थुप्रै रहेका छन् । बा“के र बर्दियामा एउटा टोलका महिना सेरोगेसीका लागि भारत जाने गरेको उनले खुलासा गरिन । ‘पहिलो पल्ट डरत्रासमा भाडामा गर्भ बोकेको नेपाली महिला देखियो । तर कतिपय महिला पछि गएर आफै पनि सम्पर्क बनाएर त्यो पेशामा लागेको देखिन्छ,’ ति महिलाले अधिकारीबादी समक्ष भन्छिन्,‘खाडी मुलक भनेर भारत पुगियो । तर भारतकै एक घरमा कमदार बसियो । पछि बच्चा जन्माउन लगाइयो ।’ उनका अनुसार गर्भ बोकेको महिललाई भने निकै प्रेमपुर्बक व्यवहार हुने गरेको छ । बिदाईका बेला कबुल गरेको रकम र पुरस्कार पनि दिने गरिएको छ ।
गर्भ पनि भाडामा (सेरोगेसी) ? यसको कानुनी बैद्यता बारे नेपाली कानुन मौन छ । भाडाको गर्भलाई कानुनी बैद्यता दिलाउन अधिकारबादी वकालतमै छन् । तर सीमावर्ती बा“के र बर्दियाका केही नेपाली महिलाहरु भँरतमा गर्भ भाडामा दिएर आएको यस्ता घटनापछि खुलेको हो । उनीहरुले गरिबीका कारण बाध्यताले गर्भ भाडामा दिने गरेको सुराक दिएका छन् । नेपाल कानुनले गर्भसय भाडामा दिनुलाई मानव बेचबिखनको अपराध मानेको छ । जसका काण गर्भ भाडामा दिने महिला खुल्ने सक्ने वातावरण छैन । तर अधिकारीबादीहरुले भने गोप्यरुपमै ति महिलाहरुलाई भेटेर वकालतमा जुटेका हुन । राम्रो काम लगाई दिने भन्दै नेपाली महिलालाई भारत पु¥याईन्छ । निसन्तान दम्पत्तीहरुले आफ्ना लागि सशुल्क सन्तान जन्माई दिन प्रस्ताव गर्छन । कम्तिमा बच्चा जन्माई दिए वापत महिलाले डेढ लाख भारु रकम लिने गरेको पाइएको छ । ‘बा“के र बर्दियाका केही महिलाहरु भारतमा गएर गर्भ भाडामा दिने गरेको पाइएको छ । उहाहरु बाध्यतामा परेर पनि हुनसक्छ । तर गरिबी भने प्रमुख कारण हो,’ सेरोगेसी बारे अनुसन्धानमा जुटेकी अधिकारबादी कमला पन्त भन्छिन्,‘काम गर्न भन्दै भारत लैजाने अनि एक÷दुई वर्षमा अरुका लागि बच्चा जन्माएर फर्किने महिला बा“के र बर्दियामा भेटिएका छन् ।’ त्यस्ता महिलालाई सूचना संकलनकर्ताहरुले भेट्दा घटना सार्वजनिक नगरिदिन आग्रह गर्ने गरेको उनले बताईन । भाडामा गर्भ दिने महिलाका बारेमा सूचना संकलनकर्ताले जानकारी लिने गरेका हुन । ‘भारत जाने बेला महिलाको शारिरीक अवस्था समान्य हुन्छ । तर गर्भ भाडामा दिइसकेर फर्केको महिलाको अवस्था ठ्याक्कै सुत्केरीहरुकै जस्तो हुन्छ,’अधिकारबादी पन्तले भनिन्,‘यो काम निकै गोप्य हुने गर्छ । स्थानीय सूचना संकलनकर्ताहरुका माध्यमले मात्रै यस्ता घटना बारे जानकारी पाउन सकिन्छ ।’ उनका अनुसार सेरोगेसीकै लागि भने नेपाली महिलालाई भारत लैजाने गरेको पाईएको छैन । भारत पुर्याएपछि पहिले प्रलोभनमा पार्ने र नमानेपछि डरत्रासमा पारेर बाध्यताबस सेरोगेसी गराउन लगाएको घटना पाइएको उनले सुनाईन ।
बाँके र बर्दिया क्षेत्रमा छसात वर्षदेखि भाडाको गर्भ बारे अनुुसन्धान हुन थालेको हो । अधिकारबादी महिलाहरुले गोप्यरुपमा अवस्था बारे अनुसन्धान गरी कानुनी बैद्यता बारे छलफल गर्दै आएका छन् । केही वर्षअघि बा“केमा भाडामा गर्भ दिने महिला भेटिएका थिए । बर्दियामा पछिल्लो समय यो तथ्य खुलेको हो । अधिकारबादीहरुका अनुसार भारत भएर विदेश जाने महिलाहरुको संख्या बढेसंगै गर्भ बिक्री गर्नेको संख्या बढेको शंका गरिएको छ । कानुन नआईसकेका कारण खुल्न नसकेका हुन । भाडामा गर्भ दिने महिलाबाट शारिरीक सम्र्पक गरेर बच्चा जन्माएका घटना हुने गरेका छन् । निसन्तान दम्पत्तीले नेपाली महिलालाई यसरी प्रयोग गर्दै आएका हुन । त्यसका लागि गर्भ भाडामा दिने महिलालाई वर्ष दिनसम्म खाने बस्ने व्यवस्था बच्चा लिने व्यक्तिले मिलाउनु पर्छ । सन्तान जन्माई दिए वापत निश्चित रकम महिलालाई दिएर घर फिर्ता पठाईन्छ । ‘नेपाली कानुन अनुसार गर्भ बिक्री गर्नु पनि मानव बेचबिखन अन्र्तगतको अपराध हो । त्यसैले हामी यो कोणबाट पनि खोजबीन गर्दा तथ्य फेला प¥यो,’ मानव बेचबिखनबिरुद्धको क्षेत्रमा काम गर्दै आएको माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोइराला भन्छन्,‘गर्भ भाडामा दिने तथ्यहरु पनि पत्ता लाग्न थालिसक्यो । कानुन बनिसकेपछि थप यस्ता घटना बाहिर आउने देखिन्छ ।’ तर हालसम्मको तथ्यले भने व्यवसायिक नभई गरिबीकै कारण यस्तो कार्यमा महिला प्रयोग भएको पाइएको उनको दाबी छ ।