वेस्ट इण्डिजका मार्लाेन स्यामुअल्सले सबै खालका क्रिकेटबाट सन्न्यास लिए – Dastabej

वेस्ट इण्डिजका मार्लाेन स्यामुअल्सले सबै खालका क्रिकेटबाट सन्न्यास लिए


  • सुनिल रेग्मी

  •  वेस्ट इण्डिज क्रिकेट टिमका ब्याट्सम्यान मार्लाेन स्यामुअल्सले सबै खालका क्रिकेटबाट सन्न्यास लिएका छन्  स्यामुअल्सले वेस्ट इण्डिजका लागि आफ्नो अन्तिम खेल सन् २०१८ मा बङ्ग्लादेशविरुद्ध खेलेका थिए । वेस्ट इण्डिजले दुई पटक टी–२० विश्व कपको उपाधि जितेको छ र स्यामुअल्सले दुवै फाइनल खेलमा सबैभन्दा धेरै रन बनाएका थिए ।
    ईएसपीएन क्रिकइन्फोको रिपोर्टअनुसार मार्लाेन स्यामुअल्सले यस वर्षको जुन महिनामा नै सन्न्यासको बारेमा बताएका थिए ।
    स्यामुअल्सले सन् २०१२ को टी–२० वर्ल्ड कप फाइनलमा विस्फोटका पारी खेलेका थिए । उनले ५६ बलमा तीन चौका र ६ छक्काको मद्दतमा ७८ रन बनाएका थिए । साथै उनले सन् २०१६ को टी–२० वर्ल्ड कप फाइनलमा पनि ६६ बलमा ८५ रन बनाएका थिए ।
    उनले सबै फर्म्याटमा आफ्नो करिअरमा ११ हजार एक सय ३४ रन बनाउँदा १७ शतक पनि जोडेका छन् । साथै उनले एक सय ५२ विकेट पनि लिएका छन् ।
  • २० कार्तिक २०७७, बिहीबार ०९:४८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. पाटे बाघसंग जम्का भेट भएपछि…..
  • ४. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ५. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ६. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ७. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)