बाँकेमा आज ६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ५ पुरुष र १ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ९ सय ७९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९०.६३ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ७४ जना छन् । बाँकेमा हालसम्म ३ हजार २ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३४ जनाको मृत्युु भएको छ ।