नेपालगन्ज— पैसा बोक्ने जमना गईसक्यो । एटीएम बोके हुन्छ । पैसा झिक्न बैंक जानु पर्ने दिन पनि आईसक्यो । पसलहरुमा सोयब मेसिन राखिएका छन् । किनमिल गर्यो एटीएमबाट पैंसा बुझायो । तर अझै पनि पश्चिम तराईका थारु समुदायले केही किन्दा धान दिन्छन् । तरकारी किन्यो धान बुझायो । तिहाई, अधियाईमा गोबी, आलु र खुर्सानी किन्ने परम्परा निकै पुरानो हो । अझ कसैलाई पारिश्रमिक दिनु पर्यो भने पनि धान नै दिने चलन छ । नजिकैको पसलमा दैनिक उपभोग्य बस्तु खरिद गर्दा धानै दिने गरिन्छ । थारुका लागि धान एटीएमजस्तै बनेको छ । बालवालिकाले खानेकुरा किन्न माग्दा धानको रास देखाईन्छ । ससाना बालबालिका धान बाकेर पसल कुद्छन् । कृषिमा निर्भर रहेको उक्त समुदायले हरेक लेनदेन धानमा गर्दै आएका छन् । यसअघि महजनी प्रथा कायम थियो । उनीहरुले आवश्यक परेका बेला पैसा दिने र ब्याज सा“वाबापत धान अशुली गर्दै आएका थिए । ‘बैंक थिएनन् । जमिन्दारबाट आवश्यक परेका बेला ऋण लिने चलन थियो । जमन्दिारले चाहेको मुल्यमा धान किन्थे । जसका कारण हाम्रो समुदाय सधै गरिब रह्यो,’ स्थानीय सुन्दर चौधरी भन्छन्,‘महजनी प्रथा हट्यो । तर अझै पनि तरकारी किन्दा, पसलबाट दैनिक उपभोग्य बस्तु किन्दा धान लिएरै जाने चलन छ ।’
यतिबेला थारु गाउँमा चौकीदार, गुरुवालगायतलाई पारिश्रमिक दिन धान जम्मा (तिहाई) भइरहेको छ । हरेक वर्ष यसैगरी गाउँभरीका किसानले प्रति घर २०÷२५ किलो धान उठाउँछन् । चौकीदार, गुरुवा, लोहारलाई श्रम अनुसारको पारिश्रमिक दिने गरिएको हो । थारु देउथनवाको पूजा गर्ने चिरकीया र ढाक बजाउन् ढक्हेरलाई धानकै पारिश्रमिक दिने गरिएको छ । यो सिजनमा धान अधिक हुने भएकाले उनीहरुले दिन इन्कार गर्दैनन् । धान दिंदा मुल्य पनि निर्धारण गरिदैन । बडघरले यति किलो दिनु पर्छ निर्णय गर्छन । गाउँको पसलमा एक÷दुई धान बिक्री गर्दा राम्रो मुल्य पाउँदैनन् । ‘यो पुर्खाैदेखि चल्दै आएको चलन हो । बैंकसैंक गाउँमा नहुँदा कारोबार धानबाटै गर्ने चलन हुनसक्छ । तर अहिले केही कम भएको छ,’ स्थानीय युवा राजकुमार चौधरी भन्छन्,‘थारु समुदायका लागि धान एटीएम, चेकजस्तै हो । जे काम पर्दा पनि धान बिक्री गर्ने चलन छ ।’
एक मुष्ट धान बिक्री गर्दा बढी मुल्य पाउन सक्छन् । जम्मा गरेको पैसाले कारोबार गरे आर्थिक नोक्सानी ब्यहोर्नु पर्दैन । दिनमा तीन÷चार पटक थोरथोरै धान बिक्री गर्न पसल पुग्दा ठगिएका छन् । तर उनीहरु भने ठगिएकोमा अनबिज्ञ छन् । दुईचार किलो धान थोक खरिदकर्ताले नकिन्दा साना पसलले किन्छन् । अर्थशास्त्री भुवनेश्वर लामिछानेले मुुद्रा नबन्दासम्म बाटर पक्रिया आवश्यकता अनुसार बस्तु साटासाट गर्ने परम्परा रहेको बताए । तर जब मुद्रा आयो मान्छेले बस्तु बिक्री गरेर आएको पैसाले आवश्यकता पूरा गर्न थाले । ‘अरु समुदायले बाली बिक्री गरेर जम्मा गरेको रकमले आवश्यकता पूरा गर्न थाले । तर थारु समुदायमा चेतनाको कमी रह्यो । बालीबाट कारोबार गर्दा ठगिएको बुझेनन् । अरुले पनि बुझाएनन्,’ उनले भने,‘जसका कारण अझै पनि थारु किसान ठगिदै आएका छन् । कम मुल्यमा धान बिक्री गर्दा गरिबी छ ।’ आवश्यक परेका बेला धानबाली दिने र पछि सकिएपछि महंगोमा किनेर खानुपर्दा गरिबी बढेको हो ।
थारु समुदायका बडघर चन्द्र चौधरीले गुरुवा, चौकीदार राख्ने निर्णयसंगै पारिश्रमिक दिानका लागि धान कति दिने बारे तय गर्ने बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका किसानले बढीजसो गाउँमा धान दिएर आवश्यकता पूरा गर्छन । जसका कारण हाल धान बिक्री गेरे सक्ने र बर्षाका बेला ऋण खोजेर किनेर खाने बाध्यता हुने गरेका छ ।
क्याप्सन ः बर्दिया बढैयाताल गाउ“पालिकाका किसान गुरुवाका लागि पारिश्रमिक दिन धान मिलाउदै । तस्बिर —दस्ताबेज