माया होस त यस्तो - Dastabej

माया होस त यस्तो

एउटालाई ज्वरो आए अर्कोलाई पनि त्यही हुन्छ रे । खान मन लाग्दैन । निन्द्रा भाग्छ । बैचनी बढ्छ । छटपटीन्छन्, उनीहरु ।


  • दस्तावेज

  • नेपालगन्ज— खपटाको छानो । माटोको दिवालको सानो घर । पक्कीभन्दा जति गरिब देखिन्छ यो घर त्यो भन्दा बढी माया गर्ने एक जोडि बस्छ यहाँ । ६४ वर्षका लबारी चौधरी र त्यही उमेर हाराहारीकी रामदुलारीको जोडी सबैका लागि नमुना बनेको छ । चखेवा झै यो जोडी एक छिन पनि छुट्टीदैन । बारीमा संगै काम गर्न जान्छन् । साथसाथै खान खान्छन् । पहुना बस्न गयो संगै । गाउँमा घुम्न निस्ने एकसाथै हुन्छन् । देख्नेले भन्छन्, ‘जोडी होस त यस्तो । मायाप्रेम हुनु त यस्तो ।’ प्रेममा सफल यो जोडी निकै रसिलो पनि छ । चिनजानका व्यक्तिसंग मजाक गर्छन । बिहेभोजमा नाचेर रमाईलो गर्ने बानी छ । उनीहरुका चार छोरा छन् । छोराहरु घरजाम गरी छुट्टीएर बसेका छन् । ‘उसलाई आँखा अगाडि देखिन भने के हुन्छ । हुन्छ । मनले मान्दैमान्दैन । त्यसैले उ बिना रहनै सक्दिन,’ श्रीमति रामदुलारी तर्फ इसारा गर्दै बढैयाताल गाउँपालिका ५ जगतियाका लबारी भन्छन्,‘उ मेरो सबथोक हो । मोर प्राण हो । मोर जान हो ।’ एउटालाई ज्वरो आए अर्कोलाई पनि त्यही हुन्छ रे । खान मन लाग्दैन । निन्द्रा भाग्छ । बैचनी बढ्छ । छटपटीन्छन्, उनीहरु । स्वास्थ्य लाभका लागि भगवान पुकारछन् । ‘विरामीको कुरा नगर्नुस । दुस्मन पनि विरामी नपरोस,’ उनले सुनाए,‘एकपल्ट रामदुलारी विरामी पर्दा खुब रोए । डाग्दरले उपचार गरेपछि सन्चो भो । खुसीको सीमा रहेन ।’
    उनीहरुबीच बिहेबारी निकै कम उमेरमा भएको हो, त्यो पनि भागि विवाह । १२÷१३ वर्षको उमेर होला लबारीले रामदुलारीसंग कामको शिलशिलामा भेट भयो । दुई÷चार पल्ट भएको भेटमै माया झा“गिदै गयो । लबारीको आर्थिक अवस्था त्यति राम्रो थिएन । त्यसैले उनी गाई चराउन नजिकैको सोरहवा गाउँ पुगेका थिए । ‘खै कसरी माया बस्यो पत्तै भएन । एक दिन उरहर जाने (भागेर बिहे) गर्ने निर्णय गरियो । त्यो बेला के थियो र । खाली हात भगाएर ल्याए,’ लबारीले विगत सुनाए,‘उनी पनि १२÷१३ वर्ष की थिईन होला । त्यसैले धेरै माया गरेर राखे । त्यही बानी परेर होला अहिलेसम्म त्यसै गरी माया गर्दै आएको छु ।’ उनीहरुको जेठा छोरा करिव ३२ वर्षाका भइसके । ‘भगाएर ल्याएको कति वर्ष हो याद छैन । खाली भागेर विहे गरेको कुरा अलिअलि याद आउँछ,’ उनले भने,‘त्यसयता कुनै दुःख दिएको छैन । पहिले झै माया गरेर राखेको छु । उ पनि मलाई अति नै माया गर्छु ।’
    उमेर घर्किदै गएपछि उनीहरुलाई एउटै चिन्ता छ, भगवानले जोडि नछुटाओस । ‘संगै छौ, संगै जान पाए हुन्थ्यो । सोंच्छु उ बिना कसरी बा“च्ने होला,’ रामदुलारी भन्छन्,‘बुढोको माया लाग्छ त्यसैले छोराहरुसंग नबसेर बुढोसंगै बसेको छु ।’
    क्याप्सन ः बढैयाताल गाउँपालिका ५ जगतियाका लबारी र रामदुलारी चौधरीको जोडी । तस्बिर ः बिमल चौधरी ।

  • २० कार्तिक २०७७, बिहीबार १६:५८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार