बाँकेमा आज ८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुने सबै पुरुष हुन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ९ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९०.१६ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ९२ जना छन् । बाँकेमा हालसम्म ३ हजार ३ सय १३ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३४ जनाको मृत्युु भएको छ ।