नेपालगन्ज— पुल कहाँ बन्छ ? नदी वा खोलामा । खोला र नदीले टुटाएको सडकलाई पुलले जोड्छ । बाँके बैजनाथ गाउँपालिका ७ पेडारी र पलौतीपुर छ जोडन पेडारी नालामा पुल बनाइएको छ । तर पुल यस्तो स्थानमा बनाइयो कि व्यक्तिको निजी जग्गा भएर खोलाको दुई भागको सडक जोड्नु पर्छ । पुलका कारण व्यक्तिको जग्गामा सडक बन्न थालेपछि बार लगाइएको छ । साबिकको जिल्ला प्राविधिक कार्यालयका अधिकारीहरुकोे लापरवाहीका कारण यो अवस्था आएको हो । जग्गाधानी देबबहादुर केसीले पुलमा बार लागाएको हुन । साबिकको जिल्ला बिकास समितिले बैजानाथ ७ पलौतीपुरको पेडारी नालामा पुल निर्माण गर्दा तत्कालीन जिल्ला प्रबिधिक कार्यालयका प्रमुख इन्जिनियर गौरी श्रेष्ठले जग्गाधानीसंग मौखिक सहमति गरेपछि पुल निर्माण भएको हो । थापाका अनुसार पुलले गर्दा साढे २६ कट्ठा जग्गामा क्षति पुग्ने छ । ‘निजी जग्गामा क्षति पुग्ने गरी पुल बनाइयो । त्यसको क्षतिपुर्ति नदिए दिने कुरै भएन,’ उनले भने । पुल निर्माण गर्दा बाटोभन्दा ५÷७ मिटर छोडेर निर्माण गर्दा आफ्नो जग्गा पर्न गएको जग्गाधानीको भनाई छ । बैजानाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले उक्त पुल अहिले संघीय सरकारको मातहतमा भएकाले बिवाद समाधन हुन नसकेको बताए । स्थानीय सरकारको मातहतमा आएपछि जग्गाको क्षतिपुर्ति दिएर बिवाद समाधन गर्ने अध्यक्ष रुचालले जनाए । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तबका अनुसार पुलको बिवाद समाधन गर्नका लागि पटकपटक पहल गर्दा पनि जग्गाधानी सहमतिमा नआएको जनाए । स्थानीय भोला मल्लाले जग्गाको क्षतिपुर्ति दिएर भए पनि पुल सम्पन्न गर्नु पर्ने सुझाव दिन्छन् । पुल सम्पन्न नहुदां पैदल आउजाउ गर्न पनि समस्या हुने गरेको छ । स्थानीयहरु घुमाउरो बाटो भएर आउजाउ गर्नुपर्ने बाध्यता रहेको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम थारुले बैजनाथको पेडारी गाउँ र खजुराको पलौतीपुर र मनकामना जोड्ने मुख्य सडक भएकाले छिट्टै निर्माण हुनु पर्ने जोड दिए । निर्माणधिन पुल सम्पन्न गर्नका लागि पटकपटक पहल गर्दै आएको उनले जनाए । पुल वारी पेडारी गाउँसम्म स्थानीयहरुले निजी जग्गामा नयाँ बाटो निर्माण गर्दा पनि जग्गाधानीले पुल निर्माण हुन नदिएको गुनासो उनको छ । पुल निर्माण गर्ने ठकेदारले पनि पुल निर्माणका लागि पटकपटक पहल गर्दै अएका छन् । स्थानीयहरुका अनुसार भाईभाईको बिवादले गर्दा पनि पुलमा निर्माणमा अबरोध पुगेको हो । उक्त जग्गा पहिला देबबहादुर थापाका बुवा कुलबहादुर थापाको नाममा रहेको थियो । पुल निर्माण हुँदां बुवाले गाउँ समाजका लागि उक्त जग्गा दान दिएको भनेर पुल निर्माणका लागि मौखिक सहमति जनाएका थिए । तर भाईभाईको बिवाद भयो र पछि बुवाको मृत्यू भयो । हाल पुलको जग्गा कान्छो भाई देबबहादुर थापाको नाममा रहेको छ । निर्माणधिन पुलको करिब ९० प्रतिशत काम सम्पन्न भएको जिल्ला प्रबिधिक कार्यालयका प्रमुख इन्जिनियर गोबिन्द महतराले बताए । पुलको एकतिर माटो पटान भैसकेको छ । उक्त साइडमा जग्गाधानीले बार लगाएका छन् । अब पुलमा एकतिर माटो पटन बाँकी छ । यसकोसाथै प्याराफिट वाल, ग्याबिन र ग्राभेल हुन बाँकी छ ।