जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई किलो लागुओैषध अफिमसहित दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका ९ स्थित राडिबजारमा रहेको धिरेन्द्र शाहको घरमा बस्ने जाजरकोट नलगाड नगरपालिका ८ बस्ने बर्ष ४६ का मालबहादुर सिंह र ६० वर्षका कालीबहादुर सिंहको साथबाट उक्त सामाग्री बरामद गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोली, ब्यूरो सुर्खेतको टोली, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले निज धिरेन्द्र शाहको घरमा खानतलासी गर्ने क्रममा १२ किलो अफिमसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारि हरिबहादुर ओलीले जानकारी दिए ।