तिम्रो हल्ला हो कि
सल्लाह सुनेर
हाम्रा पूर्खाले तिम्रो नाम
कर्याङ्कुरुङ राखिदिए ।
तिमिहरु उड्दा
माला जस्तै गोलो आकार बनाएको देखेर
तिम्रो नाम मालचरी राखिदिए
तिम्रो आगमनलाई
हिउँदको
मान्छेले राखिदिएका यी बिचित्रका नाम
तिमिलाई मन पर्छ , पर्दैन ?
तिम्रो आवाज र तिम्रो उडान देखेर
मेरा पूर्खाले राखिदिएको तिम्रो नाम ।
तिमी हाँस हौ
मैले गाँउघरमा
देखेका हाँसहरु हिलो उधिन्दै
दिनभर धमिलो पानीमा
रमाएका हुन्छन ।
तिम्रो शानदार उडान
देखेर म घोरिन्छु
तिम्रै प्रजातिका यी हाँसहरु
तिमिहरुबाटै छुटेको
हराएको कुनै कालखन्डको
एउटा झुण्ड थियो होला
जसले बिर्सिए आफ्नो गौरब र संघर्ष ।
प्रिय मालचरी
फेरि सरद आयो
तिम्रो तयारी कस्तो छ ?
आउछौ नि हैन यसपाली पनि ?
म मेरा छोरा छोरिहरुलाई
तिमिलाई देखाएर
प्रकृति बुझाउनु छ
आप्रसन सम्झाउनु छ
जिन्दगी महत्व र सँघर्ष
सिकाउनु छ ।
उनिहरु बिज्ञान पढ्छन
पाईलट बन्न चाहन्छन
ईन्जिनियर बन्न चाहन्छन
तिमिले सिकाईदिनु
मौसम कसरी बदलिन्छ
साईत कसरी निकालिन्छ
नेता कसरी चुनिन्छ
भोक के हो ?
थकाई के हो ?
आफ्नो समूह र पराई को हो ?
प्रिय मालचरी
बर्षात बाट बच्दै
चील र बाज बाट जोगिदै
आँधिबाट अबिचलित रहँदै
कसले शुरु गर्यो होला ?
हिमाल माथिबाट उड्ने यो डरलाग्दो खेल
मालचराको कोलम्बस को होला ?
जसले पत्ता लगायो
जाडो छल्ने र आहारा खोज्ने
यस्तो जुक्ती
अनि
हामी भुईजिबी घमन्ड गर्छौ ।
पृथ्बी गोलो छ भन्ने कुरा तिमिहरुले
कति हजार बर्ष पहिले पत्ता लगायौ होला ?
गुरुत्व के हो ?
तारा र जुनको भाषा के हो ?
उत्तर र दक्षिण कसरी छुट्ट्याउने ?
माछालाई कसरी सम्मोहित गर्ने ?
प्रजननको लागि ठाउँ रोज्ने ?
अनि लालाबाला हुर्काएर
कसरी फिर्ता जाने
तिमिहरुको जिबनसँघर्षलाई
सलाम छ ।
प्रिय कर्याङकुरुङ
तिम्रो बाटो कुर्दै बसेका छौ ।
दिनको ब्यस्ततामा होस वा
रातको निरबतामा किन नहोस
तिम्रो जोडजोडको आवाज सुनेर
मलाई देखाउनु छ
तिम्रो आप्रसन
मेरा छोरा छोरिहरुलाई
र भन्नू छ उनिहरुलाई
यो पृथ्बी तिमिहरुको पनि हो ।
जसरी म सानो छँदा मेरो बा
मलाई कर्याङ्कुरुङ
देखाएर सम्झाउनुहुन्थ्यो ।