‘प्रसाद २’ बन्ने - Dastabej

‘प्रसाद २’ बन्ने


  • दस्तावेज

  • चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । चलचित्रका निर्देशक भने फेरिएका छन् । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

    यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण गर्दैछन् । चलचित्रका लागि कुनै पनि कलाकार अनुवन्धित नभएको निर्माणपक्षले जानकारी दिएको छ ।

    चलचित्र ‘प्रसाद’ दर्शकले र समिक्षकले रुचाएको चलचित्र हो । यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो ।

    निर्देशक दिनेश राउत अन्य केही प्रोजेक्टमा व्यस्त भएपछि सौरभले ‘प्रसाद २’को निर्देशनको जिम्मा सम्हाल्न लागेका हुन् । एक दम्पत्तीको सन्तान नहुँदाको पीडा र उत्पन्न परिस्थितीको कथालाई ‘प्रसाद’ले उठान गरेको थियो ।

    निर्माता सुभाष थापाले लक डाउन खोलेपछि छायांकनमा जाने बताए । चलचित्रका लेखक सुशिल पौडेलले कथावस्तुको बारेमा भने–‘चलचित्रलाई ‘प्रसाद’को प्रिक्वेलको रुपमा निर्माण गरिनेछ ।’

  • ६ श्रावण २०७७, मंगलवार १७:११ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता