बाँकेमा २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हिजो बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्जका ४८ वर्षीय पुरुष, दाङका ७६ वर्षीय पुरुष, दाङकी २० वर्षीया सुत्केरी महिला र टिकापुर १ कैलालीकी ५६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोनाबाट मृत्युु हुनेको संख्या ३५ पुगेको छ भने बाहिरी जिल्लाका २८ जनाको मृत्यु भएको छ । सबै गरि कोरोनाका कारण ६३ जनाले ज्यान गुमाएका छन् ।