बाँकेमा आज ३५ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १९ पुरुष र १६ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९०.५९ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ७९ जना छन् । बाँकेमा हालसम्म ३ हजार ३ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्युु भएको छ ।