बैज्ञानिकभन्दा बाठो जंगली हात्ती – Dastabej

बैज्ञानिकभन्दा बाठो जंगली हात्ती

जंगली हात्तीले सक दिने बिद्युतीय तारमाथि सुकेको ठूलो मुढा फालेर तोडफोड गर्छ । गाउँ पस्छ । र, आतंक मचाउँछ ।


  • दस्तावेज

  • नेपालगन्ज— निकुन्जभित्रै जंगली हात्ती रोक्न काठको पोलमा बिद्युतीय तार (झटका दिने ) जडान गरियो । हात्तीले फाल्यो । फलामको पोल राखियो । सिमेन्टका पोलमा तारबार गरिए । तर जंगली हात्तीका अगाडि केही चलेन । बिद्युत तारमात्रै होईन नियन्त्रणका लागि प्रयोग गरिएको प्रबिधिका बिरुद्ध मान्छेजस्तै विभिन्न विकल्प हात्तीले रोज्ने गरेको छ । कतिसम्म भने बर्दिया निकुन्जको लम्कौली फाँटामा केही वर्ष गरिएको सर्बेक्षणमा जंगली हात्तीले सक दिने बिद्युतीय तारमाथि सुकेको ठूलो मुढा फालेर तोडफोड गरेको पाइयो । बिद्युत तार घेरेर त्यसभित्र हात्तीलाई मन पर्ने केराको बोट, धान र भेली राखिएको थियो । जंगली हात्तीको गतिबिधि निगरानी गर्न सिसिटिभी जडान गरिएको थियो ।
    त्यस्तै जंगली हात्ती ठाकुरबाबा नगरपालिकाको शिवपुर गाउँमा पसे । स्थानीयले लखेटे । हात्तीको हुल गत वर्ष निमार्ण गरिएको आरसीसी पीलर भएर पार गरे । निकुन्ज कर्मचारी आश्चर्यमा परे । आरसीसी पीलर प्रविधि गत वर्षमात्रै अपनाइएको हो । यसअघि बिद्युतीय तार र सोलार प्रविधिबाट हात्ती नियन्त्रण गर्ने प्रयास गरिएको थियो । ‘एउटा प्रविधि ल्यायो अर्को उपाय हात्तीले खोजिहाल्दो रहेछ । हामीलाई पछि पर्छ,’ बर्दिया निकुन्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ भन्छन् । हात्ती रोक्न निकुन्जले रोजेको विकल्प केही महिनामै हात्तीले विकल्प खोजेको देखिन्छ । मानव—हात्ती द्धन्द्ध रोक्न निकुन्ज प्रशासनले अनेक बिधि प्रयोग गर्दै आएको हो । ‘हात्ती मान्छेजस्तै निकै संबेदनशिल बन्यजन्तु हो । यसले प्रतिकुलताको सामना गर्न विभिन्न विकल्पहरु खोज्न सक्छ,’ प्रमुख संरक्षण अधिकृत श्रेष्ठ भन्छन्,हामीले ल्याएको प्रविधिलाई हात्तीले ट्रयाल गर्छ । करेन्ट भएको बेला काठ फालेर पार गर्छ ।’ उनका अनुसार निकै महगो प्रविधि आरसीसी पीलर प्रविधिले पनि हात्ती रोक्न नसकेपछि अर्को विकल्प खोजिदै छ । आरसीसीको माथि बिद्युतीय तार जडान गर्ने बारे छलफल भइरहेको उनले जनाए । आरसीसी प्रविधिका लागि एक किलो मिटरका लागि १ करोड लागत लाग्छ ।
    जंगली हात्ती नियन्त्रणका लागि अनुसन्धानमा संलग्न राष्ट्रिय प्राकृति संरक्षण कोष कार्यक्रमका अधिकारीहरुले हात्तीले बिद्युतीय तारलाई पनि सजिलै भत्काउन सक्ने घटना देखिएको बताउँछन् । राष्ट्रिय प्राकृति संरक्षण कोष कार्यक्रमले सन् २००९ देखि ठाकुरद्धारा, शिवपुर, पाताभार, हात्तीसार लगायतका क्षेत्रमा अनुसन्धान गरेको थियो । सुरुमा मध्यवर्ती क्षेत्रमा जंगली हात्ती जान नदिन काठको पोलमा बिद्युत तार जडान गरिएको थियो । तर काठको पोलमा करेन्ट प्रवाह नहुने भएका कारण हात्तीले सजिलै ढालेर क्षति पु¥याए । एक पल्ट करेन्ट लागिसकेको हात्तीले त्यसको विकल्प खोज्न सक्ने अनुसन्धानकर्मी बताउँछन् । पछिल्लो समय कंक्रिटको पर्खाल निमार्ण गरी हात्ती नियन्त्रणको प्रयास भइहेको तर कंक्रिटको पर्खाललाई पनि चुनौती दिएको छ ।
    कति छन् जंगली हात्ती ?
    बर्दिया निकुन्जका अनुसार यहाँ दुई सय बढी जंगली हात्ती रहेको अनुमान गरिएको छ । हात्तीको समूह नै गाउँ पस्दा बढी क्षति हुने गरेको हो । स्थानीयहरु हात्ती लखेट्न थाल पिट्छन् । रातभर जाग्राम बस्छन् । हाल एशियामा ४० देखि ५० हजार हात्तीको संख्या अनुमान गरिएको छ । बर्दिया राष्ट्रिय निकुन्ज आसपास क्षेत्रमा जंगली हात्तीले बर्सेनी अन्नबाली र धनजनको नोक्सान गर्दै आएको छ । बबई नगरपालिकाको बलाती, कर्मला, डुर्मेनी, बर्गदा, ठाकुरद्वाराको शिवपुर हात्तीसार र सूर्यपटुवाको कैलासीलगायत निकुन्ज आसपासका विभिन्न गाउ“मा जङ्गली हात्ती पसेर बर्सेनी सयौं बिगाहामा लगाइएको खाद्यन्नमा क्षति पुगाएको छ । कतिपयको घरगोठ भत्काइ दिएको छ । जंगल विनाश हुँदै गर्दा हात्तीको बासस्थान घट्दो छ । बचेखुचेको जंगलमा पनि मानवीय गतिविधिले वन्यजन्तुको बासस्थानलाई बाधा पुगेको छ । जंगलमा वन्यजन्तुलाई पर्याप्त आहारा नभएका कारण बन्यजन्तु गाउँ पस्ने गरेका हुन । जंगली हात्ती एक पल्ट हिडिसकेको बाटोमा सधै प्रयोग गर्छ ।
    बाध्यता
    घरछेउमैराष्ट्रिय निकुन्ज पर्छ । मध्यवर्ती जगल क्षेत्रमा दर्जनौ बढी गाउँ पस्छन् । निकुन्जबाट बन्यजन्तु गाउँ पस्छन् । स्थानीयको बालीनालीमा क्षति पु¥याउँछन । घरपालुवा चौपाया मार्छन् । तर निकुन्जका बन्जजन्तु मार्न नपाई भएकाले स्थानीयले सकेसम्म धपाउँछन् । नभए तयार भएको बालीमा क्षति भइरहेको टुलुटुलु हेर्न बाध्य छन् । निकुन्ज स्थापना भएयता आसपासका मध्यवर्ती क्षेत्रका सर्वसाधारण र बन्यजन्तुबीच द्वन्द्व बढदो छ । द्वन्द्वका कारण बन्यजन्तुको संरक्षणमा समस्या देखिएपछि बिकल्पमा डल्लाको होमस्टे रोजाईमा परेको छ । उनीहरुले खेतिपाती र पशुचौपाया पाल्नुको साटो होमस्टेलाई आयआर्जनको माध्यम बनाउन जुटेका छन् । खेती लगाइन्छ तर तयार भएपछि बाँदर, बाँदेल आएर नष्ट गरिदिन्छन् । पशुचौपाया पनि त्यस्तै हो । त्यसका लागि बन्यजन्तुले क्षति नपु¥याउने बालीनाली रोज्न निकुन्ज प्रशासनको आग्रह छ । निकुन्जमा बाघ, चितुवा, हात्ती, बाँदेल, बाघ, हुन्डर, स्याल लगायतका बन्यजन्तुको संख्या बढेको हो । बन्यजन्तुको संख्या बढेसंगै मानव—बन्यजन्तु द्वन्द्व बढेको छ । बन्यजन्तुलाई रोक्न तारबार गरिएपनि नियन्त्रण हुन सकेको छैन । स्थानीयहरुमा बन्यजन्तु जोगाउनु पर्छ भन्ने चेतना जागेको छ । निकुन्ज स्थापनाअघि सर्वसाधारणहरुले खेतबारीमा आउने बन्यजन्तु मार्थे । तर निकुन्ज सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । निकुन्ज प्रशासनले अपनत्व ग्रहण गराउन सर्वसाधारणहरु मिलेर काम गरिरहेको छ । निकुञ्जले वन्यजन्तुबाट पीडित व्यक्तिहरुलाई राहात दिने गरेको छ ।

     

  • २२ कार्तिक २०७७, शनिबार ०९:२८ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा