रुकुम पश्चिमको आठबीसकोटमा निषेधाज्ञा - Dastabej

रुकुम पश्चिमको आठबीसकोटमा निषेधाज्ञा


  • मनोज डांगी

  • रुकुम पश्चिमको आठबीसकोट नगरपालिका शुक्रबार दिनभर तनावग्रस्त भएपछि निषेधाज्ञा जारी गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेस पक्षबीच झडपको स्थिति सिर्जना भएपछि झडप रोक्न प्रशासनले केही वडामा निषेधाज्ञा जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका ६ बजेदेखि अर्को सूचना नआउञ्जेलसम्मका लागि निषेधाज्ञा लगाएको जनाएको छ । शुक्रबार प्रशासन ले एक सूचना जारी गरेर आठबीसकोट नगरपालिकाका ९, १०, ११ र १२ नम्बर वडाको सम्पूर्ण क्षेत्र निषेधाज्ञा गरिएको जनाएको छ । कोरोना भाइरसको सङक्रमण बढ्दै गएको र त्यही क्षेत्रमा केही समूहबाट भेला हुने तथा अवाञ्छित गतिविधि गरी शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने, अशान्ति सिर्जना गर्न खोजेकाले निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले द्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाको ९ नम्बर वडा राडी बजारमा बिहीबारदेखि नै नेकपा र नेपाली कांग्रेस निकट युवाहरु भेला भएर झडपको प्रयास गरिरहेका छन्, यही कारण दिनभर राडी बजारमा तनाव भएको थियो । दुवै पक्षका युवाहरु बन्चरो, खुकुरी, हँसिया, तरबारलगायतका घरेलु हतियारसहित क्याम्प खडा गरेर बसेको स्थानीयले बताएका छन् ।त्यस्तै दुवै पक्षले झडपको कारण एक–अर्का भएको आरोप लगाउँदै आएका छन् । दुवै पक्षको राजनीतिक प्रतिशोधका कारण स्थानीयवासीहरुको शान्तिपूर्वक बस्न नपाएको गुनासो छ । झडपको स्थिति आएपछि प्रहरीले जिल्लाबाट थप प्रहरी पठाएको जनाएको छ । आठबीसकोट क्षेत्रमा बेलाबेला नेकपा र कांग्रेस निकट युवाहरु बीच झडप हुँदै आएको छ ।

  • २२ कार्तिक २०७७, शनिबार ०९:३५ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न