पोल गाडेको तीन वर्षमा पनि बिजुली पुगेन - Dastabej

पोल गाडेको तीन वर्षमा पनि बिजुली पुगेन


  • मनोज डाँगी

  • पोलगाडेको तीन वर्ष सम्म पनि रुकुम पश्चिमको गोतामकोट बासीले बिजुली बाल्न पाएनन
    रुकुम पश्चिमको आठविसकोट नगरपालिका गोतामकोटमा विजुलीका पोल गाडेको ३ वर्ष विति सक्यो । तर बिजुली बलेन । आठबिसकोट नगरपालिका–४ गोतामकोटको ,कोट, चौतारा, बिष्ट गाउँ र वडा नम्बर ५ को रिम्का,रोगाई, मिग्री ,थापा गाउँ , सिमा छरेखोला टिम्मुर गाउँ लगायतका गाउँ र टोलमा बिजुलीको पोल र तार जडान गरिए पनि सो क्षेत्रका करिब १३ सय उपभोक्ताले बिजुली उपयोग गर्न पाएका छैनन्
    बिजुली आउँला भनेर कतिपयले घरमा गरिएका वाइरिङ पुरानो भई बिग्रिन लाग्दासमेत बिजुली नआएको त्यहाँका बासिन्दाहरूको गुनासो छ । आफ्नो टोलमा बिजुली ल्याउनलाई आवश्यक पोल र तार घरघरमा आएपछि अब बिजुली बल्छ भन्ने आशमा बसेपनी अहिलेसम्म बिजुली नआएको स्थानियको गुनासो छ । सडकमा गाडीएको पोल र टागिएको तारको अवस्था जिर्ण बन्दै गएको वडा नम्बर ५ का नविन चनेलले बताउनुभयो । समयमै विद्युत संचालनमा नआउँदा बिजुलिको पोलहरु स्थानिय बासिन्दाले घरायासी कामका लागी प्रयोग समेत गरेका छन् । सडक छेउमा झुन्डिएको तार लथालिंक अवस्थामा छन । यसैविच वडा नम्बर ४ का वडाअध्यक्ष बाबुराम बिष्टले ६ नम्बर वडामा उत्पादन गरिएको बिजुली ४ नम्बर वडामा पनि दिने सहमतिका आधारमा पोल र तार गाडीयो तर विद्युत संचालन पछी निर्माण कार्यमा घाटा लागेको भन्दै सो वडाले ३६ लाख रुपैयाँ माग गरेको कारण बिजुली बल्न नसकेको बताएका छ्न ।

  • २२ कार्तिक २०७७, शनिबार १७:२० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता