टी २० विश्वकप एक वर्ष पछि सर्‍यो - Dastabej

टी २० विश्वकप एक वर्ष पछि सर्‍यो


  • दस्तावेज

  • यसै वर्ष अष्ट्रेलियामा हुने तय भएकाे टी-२० विश्वकप क्रिकेट स्थगित भएकाे छ । आउँदो अक्टोबर-नोभेम्बरमा हुने भनिएको प्रतियोगिता एक वर्षपछि अर्थात २०२१ मा मात्र हुनेछ ।

    विश्वभर फैलिएकाे काेराेना महामारीले विश्व क्रिकेट प्रभावित बनेकाे बेला टी- २० विश्वकप पनि एक वर्ष पछि सारिएको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सोमबार बसेको कार्यसमिति बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । आईसीसीले विज्ञप्ति जारी गर्दै टी-२० विश्वकप अब सन् २०२१ को अक्टोबर नोभेम्बरमा आयोजना गर्ने जनाएकाे छ ।

    भारतमा हुने भनिएको २०२२ को टि-२० विश्वकपमा पनि अक्टोबर- नोभेम्बरमा हुनेछ । भारतले नै आयोजना गर्ने २०२३ को एक दिवसीय विश्वकप पनि ताेकिएकाे मितिमा हुने आइसीसीले जनाएको छ ।

  • ६ श्रावण २०७७, मंगलवार १७:१४ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा