होलेरीमा मापसे जाँचमा कडाइ - Dastabej

होलेरीमा मापसे जाँचमा कडाइ


  • मनोज डाँगी

  • रोल्पार्‍ नेपालीहरुको दोश्रो ठूलो चाड तिहार नजिकिदै गर्दा रोल्पाको प्रवेशद्वार होलेरीमा प्रहरीले शनिबारबाट साना तथा ठुला सवारी रोकेर चालकहरुको मापसे चेकजाँच गर्न सुरु गरेको छ । । प्रहरी निरीक्षक शंकर खड्का ईलाका प्रहरी कार्यालय होलेरीमा सरुवा भएर आएको भोलिपल्टबाटै मापसे चेकजाँच सुरु गरिएको हो । चालकहरुले मापसे गरेर सवारी चलाउँदा अधिकांश सवारीहरु दुर्घटना हुने भएकाले न्यूनीकरणका लागि पछिल्ला दिनहरुमा चालकहरूको मापसे चेकजाँच गरेर मात्र सवारी छोड्ने प्रहरी निरीक्षक खड्काले बताए । उनले मापसे गरेका चालकहरुलाई नियन्त्रणमा लिएको जनाए । शनिबार मापसे गरेकाहरुबाट ११ हजार ५ सय राजस्व संकलन भएको छ । जिल्ला प्रहरी रोल्पामा हुँदा ठुल्ठुला काण्डहरुमा अनुसन्धान र सफलता प्राप्त गरेर समयसमयमा चर्चामा आउँने गरेका प्रहरी निरीक्षक खड्का प्रमुखका रुपमा ईलाका प्रहरी कार्यालय होलेरी आए लगत्तै नयाँ कार्य गर्नुले दक्षिण रोल्पाको शान्ति शुरक्षामा थप टेवा पुग्ने स्थानीयहरुको बुझाई रहेको छ।

  • २३ कार्तिक २०७७, आईतवार ०७:१८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा