बैदेशिक रोजगारीमा जाने भन्दै हराउँदै महिला – Dastabej

बैदेशिक रोजगारीमा जाने भन्दै हराउँदै महिला

लकडाउन यता ५४ महिला हराए, वर्षमा ५सय बढी हराउँदै,


  • दस्तावेज

  • नेपालगन्ज— कोरोनाको महामारी सुरु भएयता नेपालर्‍भारत सीमा बन्द गरियो । तर बैदेशिक रोजगारमा जाने भन्दै ७० महिला हराएको भन्दै निवदेन परेको छ । लकडाउनका बेला पनि भारत जाने नेपालीहरुको नेपालगन्जमा लर्को थियो । आधार कार्ड देखाएर भारत जान दिइएको थियो । हराएका मध्ये २८ जना १८ वर्ष मुनिका थिए । १६ जना फेला परे । बैदेशिक रोजगारका लागि खाडी मुलुक कुबेत गएकी शम्सेरगन्जकी ४० वर्षीया पुनम थापा बर्र्षौदेखि सम्पर्कबिहिन छिन् । बैदेशिक रोजगारीका लागि जाने भन्दै भारत पसेकी बर्दिया बेलवाकी सीता शर्मा सम्पर्कबिहिन छन् । नेपालगन्जकी डिल्ली कठायत बसपार्क नजिकै बेपत्ता भईन । उनीहरुको खोजीका लागि परिवारले निवदेन दिए । तर उनीहरुको अबस्था अझै पत्ता लाग्न सकेको छैन । त्यस्तै बर्दिया राजापुर घर भई घरवारी टोलस्थित आफन्तको घरमा बस्ने २० बर्षीया भावना शाही हराईन । यी प्रतिनिधिमुलक घटना मात्रै हुन । नेपालगन्ज नाकाबाट विदेश जाने भन्दै घर छोडेका महिलाहरु हराउने क्रम बढेको छ । मानव बेचबिखनबिरुद्व क्रियाशिल सस्थाहरुको तथ्यांक हेर्ने हो भने महिला हराउने घटना डरलाग्दो छ । त्यसो त प्रहरीमा पनि निकै धेरै उजुरी पर्ने गरेका छन् । मानव तस्करीबिरुद्व काम गर्दै आएको संस्था माईती नेपाल नेपालगन्जले नेपालगन्ज हुँदै भारत हिडेका मध्ये बर्षमा ५ सय बढी महिला हराएको भन्दै उजुरी पर्ने गरेको जनाएको छ । ति मध्ये निकै कम संख्यामा महिला भेटिने गरेका छन् । ‘बैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश जाने महिलाहरु हराउने घटना नयाँ होईन । त्यस्ता उजुरीहरु हामीसंग एक वर्षमै ६ सय बढी आएका छन्,’ माईती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइराला भन्छन्,’ हराउने धेरै छन् तर, भेटिने निकै कम छन् ।
    उद्दार संयन्त्र छैन

    हराएका तथा बेपत्ता भएका महिला र बालवालिकाको खोजिका लागि सरकारी संयन्त्र छैन । विदेशमा बेपत्ता भएकाहरुको उद्दारका लागि पनि सरकारी संयन्त्रण नहुँदा समस्या भएको हो । बैदेशिक रोजगारका लागि खाडीमुलुक जाने भन्दै भारत गएका महिलाहरु हराउने बढीजसो सम्पर्कबिहिन हुने गरेका हुन । बास्तविक ठाउँ र प्रभावकारी संयन्त्र अभावमा बेपत्ताहरुको खोजि हुनसकेको छैन । ‘हराएका महिला र बालवालिकाहरुको खोजिका लागि सरकारी संयन्त्र छैन । त्यसैले पनि बेपत्ताहरु नभेटिएका हुन,’ संयोजक कोइराला भन्छन्,‘सरकारले त्यसका लागि ऐन ल्याउन आवश्यक छ । खोजतलासका लागि निवेदन परेका मध्ये अधिकांश भारत र खाडीमुलुकमा श्रम तथा यौनशोषणमा परेको हुनसक्ने अनुमान गरिएको छ । बैदेशिक रोजगारीको नाममा अवैधरुपमा भारतीय बाटो हँदै खाडी मुलुक गएका महिलाहरु यौन तथा श्रम शोषणको उच्च जोखिममा पर्ने गरेका हुन । रोजगारका लागि बिदेशीने महिलाहरुको बस्ने बास्तविक ठाउँ जानकारी नहुने हुँदा उद्धार गर्न असम्भव बन्दै गएको हो । बैदेशिक रोजगारका लागि गएका महिलाहरु हराउने क्रम बढ्दै गएपनि अझैपनि बिदेश जान चाहनेहरुको कमी छैन । विपन्न परिवारलाई दलालहरुले सजिलै प्रलोभनमा पारेर महिलाहरुलाई भारतको बाटो भएर बिदेश पठाउने गरेको पाइएको छ । प्रभावकारी संयन्त्रबिना ती महिलाहरुको उद्धार गर्न सक्ने अवस्था नरहेको त्यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।
    काउन्टर पार्ट बैठक

    मानव तस्करीलगायतका अपराधहरु नियन्त्रणका लागि सीमावर्ती नेपाल—भारतसुरक्षा अधिकारीहरुको काउन्टर पार्ट बैठक हँदै आएको छ । आलोपालो गरी नेपाल—भारतमा हुने सुरक्षा बैठकमा पनि उक्त मुद्दा प्राथमिकताका साथ उठ्ने गरेको छ । कतिसम्म भने भारतमा हराई रहेका महिलाहरुको उद्दार कसरी गर्ने बारे पनि छलफल हुने गरेको छ । तर, नेपालगन्ज नाकाबाट मानव तस्करी नियन्त्रण हुनसकेको छैन । काउन्टर पार्ट बैठकमा हुने निर्णय व्यवहारमा कार्यान्वन नहुँदा पनि समस्या भएको हो । नेपालगन्जको जमुनाहा र भारत रुपैडिहामा गरी तीन÷चार स्थानमा सुरक्षा जाँच हुने गरेको छ । सुरक्षा अधिकारीहरुले मानव तस्करी नियन्त्रणका लागि सहयोग आदानप्रदान गर्ने प्रतिबद्वता जनाउँदै आएका छन् ।

  • २३ कार्तिक २०७७, आईतवार ०७:२७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा