सडक दुर्घटनामा परी दम्पतीको मृत्यु - Dastabej

सडक दुर्घटनामा परी दम्पतीको मृत्यु

नेपालगन्ज—गुलरीयाराजमार्ग पचासामा सडक दुर्घटना


  • दस्तावेज

  • बर्दिया— नेपालगन्ज—गुलरीया हुलाकी राजमार्गको बढैयाताल गाउँपालिका ८ पचासा नजिक शनिबार राति करिब ८ बजे सडक दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । पूर्व नेपालगन्जबाट गुलरियातर्फ गैगरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर नेपालगन्ज तर्फ जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर ठुक्कर खाँदा २५ वर्षीय अर्जुन रिमाल र २३ वर्षीय ललिता रिमालको मृुत्यु भएको बर्दिया ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्रबहादुर मल्लले जनाए । दुर्घटनामा गम्भीर घाइृते भएका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज लगिएको थियो । तर उपचारकै क्रममै दुबैको ज्यान गयो । बर्दिया प्रहरीका अनुसार ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ कार्तिक २०७७, आईतवार ०७:५६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार