सल्यान श्रीनगरका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएपछि कार्तिक २३ देखि २९ गतेसम्म शिल गरिएको छ । शारदा नगरपालिका वडा न .१ ले बिज्ञप्ती जारी गरी कार्तिक २३ गते विहान १० बजेदेखि बजार क्षेत्र शिल गरिएको जनाएको छ । लक्षण सहितका संक्रमित भेटिन थालेपछि आवश्यक सर्तकता र रोकथामका लागि बजार शिल गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले बताए ।
विहान ६ देखि १० बजे सम्म सुरक्षा सावधानी अपानाएर बजार खोल्न दिने र त्यसपछिको समयमा अत्यावसकीय बाहेकका सबै पसल बन्द गर्न समेत विज्ञप्तीमा आव्हान गरिएको छ ।कोरोनका कारण ज्यान गुमाएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।