कैलालीमा १५ प्रतिशत थप गरि धान गरिद गर्दै - Dastabej

कैलालीमा १५ प्रतिशत थप गरि धान गरिद गर्दै


  • दिल बहादुर चौधरी (टीकापुर)

  • नेपाल सरकारले धान खरिदको समर्थन मुल्य निर्धारण गरे सँगै विभिन्न स्थानबाट कैलालीमा किसानबाट धान खरिद सुरु गरेको छ । विगतका वर्ष भन्दा यो वर्ष धानको विक्री मुल्य किसानले राम्रो पाए सँगै विबउ उत्पादक किसान सो भन्दा धेरै राम्रो मुल्य पाएका छन् । टीकापुरका बीउ उत्पादक कृषि सहकारीले सरकारले निर्धारण गरेको धानको न्युनतम समर्थन मुल्यमा केहि रकम थप गरि किसानबाट धान खरिद गरिहेका छन् । नेपाल सरकारको मन्त्री परिषद्को असार २ गतेको बैठकले आर्थिक वर्ष ०७७÷०७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८ सय ८५ न्यूनतम समर्थन मूल्य तोकेको छ । तर कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मुल्यमा १५ देखि २० प्रतिशत थप गरि धान खरिद गरिरहेको टीकापुरस्थित नमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीतबहादुर चौधरी बताए । कृषि सहकारीले किसानलाई बीउ उत्पादनको लागि मल र प्रमाणिकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले गुणस्तरीय बीउ उत्पादनको लागि गर्नु पर्ने बाली निरक्षण, सुपरिवेक्र्षण, विधि र पद्धतिको प्रयोगबाट उत्पादन भएको बीउलाई मात्र सहकारीले किसानबाट प्रति क्वीन्टल ३ हजार १ सय ४५ मा अर्थात सरकारको समर्थन मुल्यमा १५ प्रतिशत थप गरि धान खरिद गरिरहेको उनले बताए ।टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरि १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी रहेका छन् । उनीहरु करिब १ हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीज वृद्धि खेती गरी धानको बीउ उत्पादन गर्ने गरेका छन् । अन्य बाली उत्पादन भन्दा बीउको बाली उत्पादनमा धेरै मेहेनेट तथा किसानले ध्यान दिनु पर्ने हुनाले अन्य बाली भन्दा बीउको लागि उत्पादन भएको बालीमा सरकारले निर्धारण गरेको समर्थन मुल्यमा प्रति क्वीन्टल ३ सय थप दिएर किसानबाट खरिद गरिरको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रवन्धक गोविन्द रावतले बताए ।किसानबाट गरिद गरेको धानको भुक्तानी सरकारले १५ दिन भित्र किसानलाई दिइसकेको हुनु पर्ने व्यवस्था गरेको छ । कृषि सहकारीहरुले उक्त रकम किसानलाई भुक्तानी गरेको प्रमाणको आधारमा उक्त सहकारीले अनुदान सरकारले लिन पाउने व्यवस्था गरेको छ । तर किसानबाट सरकारको समर्थन न्युनतम मुल्य भन्दा केहि धेरै मुल्यमा धान गरिद गरे तत्काल नगद भक्तानी समेट भैरहेको धनसिहपुर कृषि सहकारीका अध्यक्ष धनसिह साउदले बताए । उनले किसानलाई तत्काल नगद रकम दिइरहेको बताए । बीउ उत्पादक सहकारीले आफु अनुकल मुल्यमा थपगढ गरि दिइरहेकोले धनसिहपुर सहकारीले बीउ उत्पादक किसानको बीउको लागि उत्पादन गरेको धान प्रति क्वन्टिल ४ सय थप गरि खरिद गरिरहेको बताए । खाद्यन्न बाली भन्दा बीउको रुपमा उत्पादन गरिने बालीमा खासै भिन्नता हुदैन । किसानले बाली उत्पादनमा केहि सावधानी अपनाउदा उत्पादनमा फरक नपर्ने भएकाले बीउको रुपमा उत्पादन गरिने बाली लगाई राम्र्रो मुल्यमा बेच्न पाइने हुदा पुर्ण रुपमा सन्तुष्ट रहेको बीउ बाली उत्पादक किसान बीर बहादुर चौधरीले समेट बताए ।

    फोटो क्याप्शन ः नमुना बहुउद्देश्यीय कृषि सहकारीले किसानले उत्पादन गरेको बीउ धान खरिद गर्दै

  • २३ कार्तिक २०७७, आईतवार १३:५१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार