पन्चायतकालमै खजुरामा थियो कम्युन - Dastabej

पन्चायतकालमै खजुरामा थियो कम्युन

म्यानेजर घिमिरेले सितापुर गौघाटमा बसेका १२ घर बर्मेलिटोलमा सामुहिक खेती र सामुहिक काम र सामुहिक वितरणको सिस्टम सरूवात गर्नुभयो र बर्मेलि टोलमा उ बेला नै आधुनिक कृषिका लागि रसियन ट्रेक्टरदेखि सबै सुबिधा पुनर्बास कम्पनीले उपलब्ध गराएको थियो । १२ घर ले सामुहिक रूपमा उत्पादन गर्ने र सामुहिक रूपमा प्राप्त आम्दानी समान रूपमा वितरण अर्थात भागबन्डा गर्ने गर्थे नभनिएपनी त्यो नेपालकै पहिलो कम्युनू थियो सितापुर गौघाट बर्मेली टोलको बसाई प्रणाली ।


  • सतिश निरौला

  • कम्युनिष्ट व्यवस्थामा कम्युनको कुरा हुनु स्वभाविक हो । तर पन्चायतकालमै बाँकेको खजुरामा कम्युनको अभ्यास गरिएको थियो । खजुरामा कम्युनको कथा पूरा ुहन पुर्नबासको कुरा खोतल्न आवश्यक छ । पुनर्बास क्षेत्रका रूपमा परिचीत बाँके जिल्ला को नेपालगन्ज पछिको पुरानो बजार हो खजुरा । यो लेखिरहदा हालको अवस्था हेर्दा धेरै लाई पत्यार नलाग्न सक्छ । हालको कोहलपुर बजार खजुराभन्दा धेरै अगाडि छ । तर वास्तविकता यहि हो खजुरा नेपालगन्जपछि को बाँकेको दोस्रो पुरानो बजार हुँदा हुँदै पनि ओझेल पर्यो वा पारियो। उ बेला अहिले नेपालगन्ज उपमहानगर को राँझामा बिमानस्थल थिएन । त्यो बेला पनि खजुराबजार जहाँ अहिले क्यान्सर अस्पताल छ, त्यहाँ खजुरा बिमान स्थल थियो । विविध खाले चलखेल र उ बेला खजुराको पहुँच नहुँदा खजुरा विमानस्थल राँझा सरियो तर अहिले पनि बिमानस्थल कोड (केपीआर) नै छ।


    २०२३ सालमा देशका विभिन्न ठाउँ आएको बाढिपहिरो को चपेटामा परेका नेपालीलाई तत्कालीन राजा महेन्द्रले हालको खजुरामा पुनर्बास बसाए । ठुलो जङ्गल फाँडेर प्रतिपपरवार ४ बिगाहाको प्लट दिएर यहाँ बस्ती बसाइयो । अनि भारतको सिमाना राधापुरमा पुर्वसैनिकहरुलाई बसोबास गराइयो । नेपालबाट दोश्रो बिश्वयुद्धका क्रममा र अन्य समयमा विभिन्न बाहानाले बर्मा हालको म्यानामार पुगेका नेपालीहरुका केहि परिवार भारत हुँदै उ बेला खजुरा आइपुगे । उनिहरुलार्इ पनि पुर्नवास अन्तर्गत जग्गा दिएर खजुरामा नै बसोबास गराइयो । त्यो समय नेपाल पुनर्बास कम्पनीको म्यानेजर नारायण सिंह घिमिरे हुनुहुन्थ्यो निकै कडा स्वभावका । म्यानेजर घिमिरेले सितापुर गौघाटमा बसेका १२ घर बर्मेलिटोलमा सामुहिक खेती र सामुहिक काम र सामुहिक वितरणको सिस्टम सरूवात गर्नुभयो र बर्मेलि टोलमा उ बेला नै आधुनिक कृषिका लागि रसियन ट्रेक्टरदेखि सबै सुबिधा पुनर्बास कम्पनीले उपलब्ध गराएको थियो । १२ घर ले सामुहिक रूपमा उत्पादन गर्ने र सामुहिक रूपमा प्राप्त आम्दानी समान रूपमा वितरण अर्थात भागबन्डा गर्ने गर्थे नभनिएपनी त्यो नेपालकै पहिलो कम्युनू थियो सितापुर गौघाट बर्मेली टोलको बसाई प्रणाली ।

    अहिलेको गुलरिया नेपालगन्ज सडकखण्ड कच्चा थियो । तर तत्कालीन पुनर्बासले हाल कपास बिकास समिति को पछाडि हुँदै आदर्श माबि भएर बि गाउँ निस्केर सितापुर पुग्ने बाटो धेरै बर्ष अगाडि नै इट्टापत्रे गरेको थियो । जुन म आफैं ले जनता स्कुल पढ्न जादा देखेको थिए । त्यो बेला बनेका २ वटा पुल भत्किएको दशकौदशक भयो तर अझै सम्म सरोकारवाला को ध्यान पुगेको छैन, त्यो मर्मत गर्न र
    हाल बसेको खजुरा १ नम्बर आसपास र खजुराबजार वरपर घनघोर जङ्गल थियो रे । त्यो बेला राती नेपालगन्ज गुलरिया सडकमा यात्रा गर्न समेत मानिसहरू डराउने गरेको स्थानीय अग्रजहरुले सुनाउने गर्छन् । यहि जंगलमा मारेको हरिण को टाउको तत्कालीन पुनर्बासका म्यानेजर नारायण सिह घिमिरेको घर मा सजाइएको थियो ,जुन मैले आफैं देखेको थिए । नाताले उहाँ मेरो हजुरबुबा ( मम्मिको मामा) हुनुहुन्छ ) स्वर्गीय नारायण घिमिरे। उहाँलाई तत्कालीन पुनर्बासको म्यानेजर हुँदा एक महिना लगाएर हिडाएर काठमाडौंँ झिकाइएको थियो । त्यसको मुल कारण गौघाटमा सुरु गरिएको सामुहिक खेती नै थियो । आरोप भ्रष्टाचार को लगाइयो र पछि सफाइ दिईएको थियो ।पुनर्बासको म्यानेजर हुँदा रसीया को भ्रमण गरेर आएका तत्कालीन म्यानेजर घिमिरेले त्यो सामुहिक प्रणालीको सुरूवात गर्न खोजेको कुरा पारिवारिक जमघटमा सुनाउने गर्नुहुन्थ्यो र उहाँलाई कम्युनिष्टको शंकामा तत्कालीन पन्चायती ब्यबस्थाले हेरेको थियो ।

  • २३ कार्तिक २०७७, आईतवार १४:३१ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा