सशस्त्र प्रहरीको जमुनहा बिओपीले नेपालगन्जको वडा नम्बर १५ बाट लाखौं रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ। जमुनहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको कमान्डमा रहेको ७ जनाको टोलीले आज बिहान ११ बजे नेपालगन्ज १५ स्थित टंकपसेरी गाउँबाट भारतबाट ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको हो।
सशस्त्र प्रहरीद्वारा बरामद गरिएका अवैध सामाग्रीमा कसमेटिक्स सामाग्री,मिक्सर, सुर्तीजन्य सामाग्री,पान लगायत हाडवेयरका सामाग्री रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।बरामद गरिएका १ लाख १७ हजार बराबर रुपैयाँ रहेको अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।