मंसिर ६ मा छैठौं धारा म्याराथन - Dastabej

मंसिर ६ मा छैठौं धारा म्याराथन


  • दस्तावेज

  • आगामी मंसिर ६ गते नेपालगञ्जमा छैठौं धारा नेपालगञ्ज म्याराथन हुने भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

    उक्त म्याराथन जित्ने खेलाडी जापानमा सन् २०२१ मा हुने ओलम्पिकमा सहभागी हुन पाउने नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिनुभयो। उहाँले नेपालगञ्ज म्याराथनलाई नै नेपालको म्याराथनतर्फको ओलम्पिक छनौटको रुपमा लिइएको बताउनुभयो ।

    आयोजक क्रियटिभ ह्याण्ड्सले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता बनाउन सुझाव दिनुभयो । टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदिप छाजेड, सहप्रायोजक आशिर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य बैंकका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले यसपाली दुई वटा मात्रै इभेन्ट सञ्चालन हुने जानकारी दिनुभयो । नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् ।

  • २३ कार्तिक २०७७, आईतवार २०:१४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा