नेपालगन्ज — विहेवारीपछि महिलाले श्रीमानलाई घरमै राख्नु पर्ने बेलाबखत उठ्ने गरेको छ । त्यो मुद्दा पानीको फोका झै छिनभरमा फुटेर हराउ“छ । अभियानकै रुपमा बहससम्म हुन सकेको छैन । तर पश्चिम तराईका थारु समुदायले भने श्रीमतिकै घरमा गएर श्रीमान बस्नु पर्ने परम्पराको अभ्यास लामो समयसम्म गरिसकेको छ । महिलालाई पूर्ण अधिकार दिएको यो परम्परा आधुनिकतासंगै धरापमा परेको छ । महिला अधिकारबादीहरुले त्यसलाई अधिकारकारुपमा स्थापित गर्नुपर्ने आवाज उठाई रहँदा अभ्यास गरेको समुदाय भने पछि हटिरहेको छ । पुराना पुस्ताका केही जोडी अझै छन् तर उनीहरु बोल्न धक मान्छन् । ति मध्ये एक थिए बाँके फत्तेपुरका जोगिन्दर चौधरी । उनी बिहेपछि श्रीमतिकै घर दांग बसे । हालको उनको मृत्यु भइसकेको छ । बर्दियाको बढैयाताल गाउ“पालिकामा पनि यस्तै एक आर्दश जोडी छ । पश्चिम तराईका दाँग, बाँके, बर्दिया, कन्चनपुर र कैलालीका थारु समुदायमा अझै पनि त्यस्ता केही उढारणीय जोडिहरु छन् । तर उनीहरु बोल्न मान्दैनन् । आधुनिक समाज र छोराछोरी ठूला भइसकेका कारणले पनि उक्त जोडि खुल्न नचाहेको हो । तर थारु अगुवा मोहन चौधरीले भने श्रीमतिले घरमै श्रीमान राख्न पाउनु भनेको असलि मानवअधिकारको प्रयोग भएको बताउँछन् । ‘यो जस्तो समानताको अधिकार अरु के हुन सक्छ ? मानवअधिकारको प्रयोगमात्रै होईन समाजबादको चित्र पनि देखाउँछ,’ उनले भने,‘यो परम्पराले हाम्रा पुर्खाले लोकतन्त्र, मानव अधिकार र समाजबादको अभ्यास निकै पहिले नै गरिसकेको पुष्टि गर्छ ।’ उनले महिलाको हकमा यो परम्परा क्रान्तिकारी भएको दाबी गरे । पुरुष प्रधान समाजमा पनि थारु समुदायले महिला अधिकारलाई समानताको अधिकार दिएका थिए । ‘यो परम्परा पश्चिमा संस्कृतिसंग मेल खान्छ । तर अहिलेको परिवेशले भने यसलाई अस्लिलताका रुपमा लिनसक्छ,’ थारु अगुवा मोहन भन्छन्,‘यो अश्लिल संस्कार होईन । महिलाका लागि समानताको अधिकार हो ।’ उनले आधुनिक समाजमा पनि उक्त परम्परालाई निरन्तरता दिनुपर्ने उनको तर्क छ ।
थारु भाषामा यो परम्परालाई (भोरुवा पस्ने) भन्छन् । त्यसका लागि निश्चित सर्तहरु तोकिएका छन् । ताकि यसले समाजलाई गलत बाटोमा जान रोकोस । बिहेपछि श्रीमानको मृत्यु भएपछि महिला बेसहारा हुनसक्छिन् । अझ ससाना छोराछोरी छन् भने महिलाका लागि थप चुनौती हुन्छन् । त्यस्ता महिलाको अधिकारको संरक्षणका लागि थारु समुदायले क्रान्तिकारी परम्परा ल्याएको हो । ‘त्यस्ता महिलालले अर्को बिहेगरी आफ्नै घरमा श्रीमान राख्न पाउने परम्परा छ । पहिले बिहेबारी नगरको श्रीमान छ भने झनै राम्रो । बिहेबारी गरेको श्रीमान पर्यो भने उताबाट जन्मेको छोराछोरीलाई पनि ल्याएर राख्न पाउँछ,’ सानैदेखि उक्त परम्परा देख्दै आएका अगुवा चन्द्र चौधरी भन्छन्,‘बेसहारा महिलाले आफ्नै घरमा श्रीमान राख्न पाउनु अधिकार दिएको परम्परा निकै सकारात्मक छ । त पछिल्लो पुस्ताले यसलाई कसरी हेर्छ भन्ने हो ।’
महिलाको घरमा भोरुवा पस्न जाने पुरुष बिहेबारी नभएको भए निकै राम्रो मान्निछ । त्यस्तै विभिन्न कारणले श्रीमति बितिसकेका पुरुषले श्रीमान गुमाएका श्रीमतिसंग भोरुवा पस्दा सकारात्मक मानिएको हो । तर श्रीमति भएका पुरुषलाई भने भोरुवा जान रोक लगाइएको छ । यसले समाजमा नकारात्मक असर पार्ने भन्दै रोक लगाइएको हो । ‘खासगरी श्रीमानश्रीमति गुमाएका महिला र पुरुषको अधिकरसंग बढी जोडिएको छ । तर यो परम्परा सकारात्मक छ,’ अगुवा चन्द्र भन्छन्,‘अधिकारको दुरुपयोग पनि रोक्ने चलन छ ।’ भोरुवा पस्ने पुरुषले पहिलेको श्रीमतिबाट जन्मको सन्तान पनि लैजान पाउ“छ । तर भोरुवा पस्ने महिलाको अनिवार्य अनुमति लिन पर्छ । महिलाले स्वीकार गर्यो भने छोराछोरीसरह अधिकार पाउ“ने परम्परा छ ।