समिति व्यवस्थापन सम्बन्धि तालिम - Dastabej

समिति व्यवस्थापन सम्बन्धि तालिम


  • दस्तावेज

  • बाँके नेपालगन्जमा दुई दिने समिति व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । फातिमा फाउण्डेन नेपाल बाँकेको आयोजनामा भएको तालिममा बाँकेका बिभिन्न ठाउँका ३२ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा महिलाहरुलाई समुह मार्फत बचत तथा लगानी गरेर आर्थिक सशक्तिकरण गर्नका लागि तालिम प्रदान गरिएको फातिमा फाउण्डेन नेपालका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दीकीले बताए । महामारीका बेलामा महिलाहरुलाई समुहमा बचत गरेर आवश्यकता परेका महिलाहरुलाई समुहबाट लागनी गरेर आर्थिक रुपमा सक्षम बनाउन तालिमा प्रदान गरिएको हो । तालिम पश्चात समुह संञ्चलनका लागि स्टेशनरी लगायत् अवश्यक समाग्री सहयोग गर्ने सिद्दिकीले बताईन । कार्यक्रममा नेपालगन्ज जैसपुर, परसपुर, परैना र खजुराको सी गाउँका महिलाहरुको सहभागिता रहेको थियो । यसअघि नै उक्त ठाउँमा फातिमा फाउण्डेशनले १२ वटा समुह गठन गरेर समुह निर्माण गरिसकेको छ । एक समुहमा २५ देखि ३० जना महिलाहरु सहभागि रहेका छन् । सहभागिलाई फातिमा फाउण्डेशन नेपालका कोषध्यक्ष तथा प्रशिक्षक सुबेदा फरहिन र अजिता गोडियाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागिलाई समुहमा बचत गर्ने, लागनी गर्ने, लगानी उठाउने, समुह संञ्चालन गर्ने लागयत्का बिषयमा जानकारी दिइएको प्रशिक्षक सुबेदा फरहिनले बताए ।

  • २४ कार्तिक २०७७, सोमबार १८:२४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार