रुकुम पश्चिमा कोरोना संक्रमितको सङ्ख्या १९५ पुग्यो - Dastabej

रुकुम पश्चिमा कोरोना संक्रमितको सङ्ख्या १९५ पुग्यो


  • मनोज डाँगी

  • रुकुम पश्चिममा स्वास्थ्य कर्मी सहित थप ६ जनामा नोवेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको चौरहजारी नगरपालिकामा रहेको आरटी पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा थप ६ जनालाई संक्रमण भएको पाइएको हो ।
    कोरोना संक्रमित हुनेहरुमा चौरजहारि नगरपालिका ६ का १७ र ७० वर्षका दुई महिला, आठविसकोट नगरपालिकाका २ का १९ बर्षीय भारत बाट आएका पुरुष र काठमाण्डौबाट आएका वडा नम्बर १२ का १८ वर्षीय पुरुषमा कोरोना देखिएको छ । यस्तै मुसिकोट नगरपालिका १ का २५ वर्षीया महिला स्वास्थ्य कर्मी र सानिभेरी गाउँपालिका ११ का २८ वर्षीय एक स्वास्थ्य कर्मीमा पनि कोरोना भाइरस संक्रमन पुष्टि भएको छ ।
    यस सँगै जिल्लामा कोरोना भाइरस संक्रमित हुनेको कुल सङ्ख्या १ सय ९५ पुगेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये १ सय ७० जना स्वस्थ्य भएर डिस्चार्ज भैसकेका छन भने अव २४ जना सक्रिय संक्रमित रहेका छन । सबैको स्वास्थ अवस्था सामान्य रहेको छ ।
    यसैविच जिल्लामा हाल सम्म कोरोना भाइरस संक्रमन भए नभएको पत्ता लगाउन ९ हजार ९ सय ४३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

  • २४ कार्तिक २०७७, सोमबार १८:२७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता