आईपीएलको उपाधिका लागि आज सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई खेल्ने - Dastabej

आईपीएलको उपाधिका लागि आज सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई खेल्ने

दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् ।


  • सुनिल रेग्मी

  • इन्डियन  प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् ।

    यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

    पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ । दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।

  • २५ कार्तिक २०७७, मंगलवार ०८:०१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ