एक बेला थियो, तुलबहादुर कँडेलले होटल व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेका थिए । तर आज उनी होटल व्यवसायीको रुपमा रहेनन् । बाँके खजुरा गाउँपालिका ३ सृजना टोलमा ठुलो लगानी गरेर करिब ४ बर्ष पहिले हिल पार्क कृषि तथा पशुपालन फर्म सञ्चालन गरिरहेकाछन् । कँडेल हाल कृषिबाटै सफल बनिरहेका छन् । सुरुमा ४ सय ५० बाख्रा पालेर कृषिफर्म सञ्चालन गरेका कँडेलले कृषिलाई थप व्यवसायीकरण गर्ने सोच बनाएकाले त्यसको १ बर्षपछि भैँसी पनि थपे । अहिले उनको फार्ममा साना ठुला गरेर ३० भैँसी छन् ।
पशुहरुलाई घाँसको अभाव हुन नदिन २९ बिगाहा जमिनमा विभिन्न प्रजातीका घाँसको पनि खेती गरे । उनले उत्पादन गरेको बाख्रा तथा भैँसीको दुध घरबाटै बिक्रि भईरहेको छ । फर्मबाट उत्पादन भईरहेका खसी र बोकाको पनि राम्रै बजार भएको र दुधको पनि राम्रो बजार घरबाटै भएको फार्म संचालक कँडेलले बताए । उनको फार्ममा ७ जनाले प्रतक्ष्या रोजगार पाएका छन् । आफ्नो फार्मलाई प्रदेश नं ५ को नमुना कृषि फर्म बनाउने तयारीमा रहेको उनले बताए ।