सुदुरपश्चिम प्रदेश धनगढीकी सुशीला कार्की थारु भिडियोमा मोडलिङमा जमेकी छन् । गैर थारु भएर होला उनको थारु भिडियोप्रतिको मोहले अर्थ राख्छ ।
थारु फिल्म इन्डस्टिज (थलिउड) भर्जिन भएर होला गैर थारुरहरुको आगमन पनि हुन थालेको छ । ति मध्यकि एक हुन, सुशीला । उनी सुशील छिन् ।
भिडियो सुटिङका क्रममा बेलामौकामा दांग,बाँके र बर्दियामा देखिन्छिन । उनले करिव एक सय बढी भिडियोमा अभिनय गरिसकेकी छन् । उनलाई नेपाली भाषाको भिडियोमा अभिनय गर्न धेरैपल्ट अफर नआएको होईन ।
एक दर्जनजति नेपाली भाषाको भिडियोमा मोडलिङ पनि गरिन । पछिल्लो समय थारु भाषामा व्यवसायिक भिडियोहरु धमाधम निमार्ण भइरहेका छन् ।
एउटा भिडियोका लागि १० देखि २५ हजारसम्म पारिश्रमिक लिन गरेकी छन् । पछिल्लो पल्ट उनले ‘चोली छोट हुईगील रे’ र ‘छमिया’ मा मोडलिङ’ गरेकी थिईन ।