कर्णाली प्रदेश सल्यान जिल्लामा यो बर्ष देउसी(भैलो खेल्न नपाइने भएको छ। जिल्ला सुरक्षा समिति सल्यानको कार्तिक २२ गते बसेको बैठकले कोरोना संक्रमण कोभिड १९ को जोखिम कायम रहेको भन्दै देउसी भैलो खेल्न प्रतिबन्ध लागेको हो । शुभ दिपावली नजिकिदै गर्दा देउसी(भैलो नखेल्न , स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, अनावश्यक आवतजावत र भिडभाड नगर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न ,भोज भतेर नगर्न जाड रक्सी नखान तथा जुवाताज नखेल जो जहा छ त्यहि बसेर चाडपर्ब मनाउन जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले सम्पुर्ण आम नागरिकलाई आह्वान गरेका छन् । पटाका पट्काउने तथा आतिशबाजी गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने साथै आगलागी भै जनधनको क्षेति हुने भएकोले विस्फोटक पदार्थहरु खरिद बिक्रि तथा ओसार पसार नगर्न समेत प्रहरीको आग्रह छ । सुचनाको पूर्णरुपमा पालना गर्न र यदि सूचना बिपरित कार्य गरेको पाइएमा कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले बताए ।