टिकापुरमा गहुँबालीको बीउको खपत स्थानीय क्षेत्रमै बढ्यो - Dastabej

टिकापुरमा गहुँबालीको बीउको खपत स्थानीय क्षेत्रमै बढ्यो


  • दस्तावेज

  •  

    टीकापुर लगायतका क्षेत्रमा गहुँ बालीको खेती राम्रो हुने भएकाले धेरै किसानहरु गहुँ बाली लगाउने गरेका हुन्छन् । किसानले खेतीको लागि विभिन्न जातको गहुँ बालीको बीउ प्रयोग गर्ने गरेका हुन्छन् । जस मध्ये स्थानिय क्षेत्रमा उत्पादन भएको गहुँको बीउ अधिक रहेका छ । विगतका वर्षमा यस क्षेत्रका किसानहरु गहुँबाली रोप्नको लागि विभिन्न जातको उन्नत बीउ अन्यत्र क्षेत्रबाट ल्याउने गरेका थिए । उहाँहरु गहुँको बीउ बाँके, रुपन्देही, चितवनबाट मात्र नभई भारतिय सिमा बजारबाट समेट ल्याउने गरेका थिए । तर यो वर्ष किसानहरु स्थानिय क्षेत्रमा उत्पादन गरेको बीउको प्रयोग बढाएका छन् । स्थानिय क्षेत्रमा राम्रो तथा गुणस्तरिय बिउ उत्पादन हुदा बीउ उत्पादक सहकारीले उत्पादन गरेको गहुँ बीउ यसै क्षेत्रमा धेरै विक्री हुदा स्थानिय उत्पादीत बीउको प्रयोग बढेको जानकी गाउँपालिका वडा नं. ४ मुनुवाको बीजवृद्धि कृषक सहकारी संस्थाका प्रबन्धक गोविन्द रावतले बताउनु भयो उहाँले अहिले १ हजार ७ सय क्वन्टिल गहुँको बीउ वितरण स्थानिय क्षेत्रमा बिक्री गरेको बताउनु भयो । अहिले उत्पादित बीउ बाह्य जिल्लामा निर्यात गर्ने गरेको भएता पनि यो वर्ष स्थानिय क्षेत्रमा राम्रो बजार पाएको उनले बताए । स्थानीय क्षेत्रमा उत्पादन भएको बिउ प्रति किसानको विश्वास बढ्दै जादा हाल यस क्षेत्रमा उत्पादन भएको बीउको बजार खोज्नु नपर्ने नमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए । बीउमा अनुदानको व्यवस्था दिदा स्थानियहरु स्थानिय उत्पादन बीउको प्रयोग गर्नु पर्ने हुदा बीउको खपत धेरै भएको उनले जनाए ।

  • २५ कार्तिक २०७७, मंगलवार १३:५८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार