नेपालगन्जमा एकै दिन बर्दियाका तीन कोरोना संक्रमितको मृत्यु - Dastabej

नेपालगन्जमा एकै दिन बर्दियाका तीन कोरोना संक्रमितको मृत्यु


  • दस्तावेज

  • नेपालगन्जका अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन बाँकेका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा, बाँसगढीका एक, राजापुर एक र ठाकुरबाबा नगरपालिकाका एक जनाको मृत्यु भएको छ । सोमवार राती सवा ८ बजे बाँसगढी नगरपालिका वडा नम्वर ८ का ३५ बर्षीय पुरुषको उपचारका क्रममा बेष्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएपछि आफन्तहरुले विरोध जनाएका छन । खुट्टाको जोर्नीमा समन्या समस्या भएपछि आइतवार अस्पताल भर्ना भएका उनको मृत्यु भएको हो । सोमबार बेलुकी उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । बर्दियाको राजापुर नगरपालिका वडा नम्वर ८ का ३२ बर्षीय पुरुषको कोरोनाका कारण मंगलबार बिहान ११ बजे मृत्यु भएको छ । उनी स्वास्थ्यकर्मी हुन । बर्दियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

  • २५ कार्तिक २०७७, मंगलवार १४:१२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार