रोल्पा ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय होलेरीमा सरुवा भएर आएको हप्तादिनमैउनले अपराध नियन्त्रण सम्बन्धि विभिन्न अभियानहरुको सुरुवात गरेका हुन । मंगलबार ईलाका प्रहरी कार्यालय होलेरीको आयोजनामा रोल्पाको होलेरीमा ‘बालविवाह अपराध हो, बालविवाह गरेको खण्डमा स्वत बदर हुन्छ, बालविवाहले आत्महत्या वृद्ध गर्छ’ लगायतका नारासहित जनचेतनामुलक र्याली निकालेर होलेरी बजार परिक्रमा गरेको थियो ।
बालविवाह न्यूनीकरण सम्बन्धिको १५ दिने अभियान अन्तर्गत होलेरीमा पहिलोपटक सुरु गरिएको हो । अभियानमा नेपाल प्रहरी,विभिन्न सरोकारवाला निकाय, पत्रकार, विद्यार्थी र स्थानीयहरु लागेका छन् । त्यस्तै बालबिबाह र लागू औषध प्रयो विरुद्धको अभियान अन्तर्गत रुन्टीगढी गाउँपालिका भित्रका विभिन्न बिद्यालयहरुमा पुगेर सचेतना फैलाइरहेको उनले जनाए ।