टेस्ट वरीयतामा बेन स्टाेक्सकाे दबदबा - Dastabej

टेस्ट वरीयतामा बेन स्टाेक्सकाे दबदबा


  • दस्तावेज

  • इङ्ग्ल्याण्डका अलराउण्डर बेन स्टोक्स आईसीसी टेस्ट वरीयतामा विश्वको नम्बर एक अलराउण्डर बनेका छन् ।

    वेस्ट इण्डिजविरुद्ध तीन वटा टेस्ट श्रृङ्खलाको दोस्रो खेलमा दुई सय ५० भन्दा धेरै रन र तीन विकेट लिँदै स्टोक्सले यो सफलता हात पारेका हुन् । अलराउण्डरतर्फ उनले आफ्ना विपक्षी टिमका कप्तान जेसन होल्डरलाई पछि पारेका छन् भने ब्याटिङतर्फ उनले भारतीय खेलाडीहरुलाई पछि पारेका छन् ।

    बेन स्टोक्स यो खेलअघि आईसीसीको टेस्ट वरीयतामा नम्बर २ अलराउण्डर थिए तर म्यानचेस्टर टेस्टमा ब्याटिङ र बलिङमार्फत उत्कृष्ट लय समात्दा उनी विश्वका नम्बर एक खेलाडी बनेका हुन् ।

    ​यतिमात्र नभइ ब्याटिङतर्फ पनि उनले डेभिड वार्नर, मार्नस लाबुशाने, अजिङ्क्या रहाणे, चेतेश्वर पुजारा, केन विलियम्स, बाबर आजम जस्ता खेलाडीलाई पछि पारेका छन् । आईसीसी टेस्ट वरीयतामा स्टोक्स नम्बर ३ ब्याट्सम्यान बनेका छन् ।

    सन् २००६ (एनिड्रयु फ्लिनटफ) पछि कुनै बेलायती खेलाडी आईसीसी टेस्ट वरीयतामा नम्बर एक अलराउण्डर बनेका हुन् ।

  • ६ श्रावण २०७७, मंगलवार १७:२४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता