सोनजिरा धान । आर्थत सुनजस्तो महंगो । थारु भाषामा सुनलाई सोन भन्छन् । सुनजस्तै मुल्य पर्ने भएकाले सोनजिरा धान भनिएको हो । किसानहरुले बढी लाभ पाउँने भन्दै सोनजिरा धान लगाइयो । बाँके र बर्दियामा उत्पादन हुने त्यही धानलाई श्यामजिरा भनियो । नाम परिवर्तन गरेको धान जुन धानको मुल्या प्रति क्वाइन्टल ६ हजार भन्दा बढी पर्छ । जसलाई कालो धान भनेर पनि चिन्ने गारिन्छ। यो जातको धान पहिलाका जमिन्दारहरुले लगाउने गर्थे ।
तर यो बर्ष श्यामजिरा धानको नाममा किसानहरु ठगिएका छन् । बर्दिया बदैयातालका किसान कमलेश चौधरीका अनुसार ब्यापारीहरुले गत बर्ष श्यामजिरा धान किसानहरुबाट नै किनेर यो बर्ष त्यही धानलाई धानको बिउ बनाएर प्रति केजि ३ सय सम्मका दरले पनि बिक्रि गरेर ठगेका हुन । श्यामजिरा भनेर रोपिएको धान लोकल परेको चौधरीले गुनासो गरे । बाँके र बर्दियाका किसानहरुका कयौँ विगहा जमिनमा रोपाई गरेको श्यामजिरा धान उत्पादन नभएर खेतमै छ ।
त्यति मात्र होइन किसानहरुलाई श्यामजिरा धान लगाउनका लागि घरमै आएर धान किन्छु भनेर घरमै आएर पनि व्यपारीहरुले बढी मुल्यमा धान बिक्रि गरेका किसान रामकिसुन थारुलेजनाए । उनले करिब १० कट्ठा जमिनमा लगाएको श्यामजिरा धान हालसम्म फूलपनि लागेको छैन । उनी अब केही दिनमा धानको फुल नलागे गाई भैँसीलाई खुवाउने तयारीमा रहेका किसान बताउँछन् । किसानहरुले महांगोमा धान बिक्रि गर्ने लोभले रोपेका थिए ।
पहिला जस्तो हावा पानी र पहिलाकै लोकल जातको धानको बिउ नभएको कारणले श्याम जिरा धान उत्पादन नभएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए । उनका अनुसार पहिला जस्तै अहिले पनि धेरै किसानहरुले यो धान लागाउने गरेको प्रमुख ढकालले जनाए । तर यस धानलाई क्रस गराएर हाईब्रेड बनाएर लगाएपछि अहिलेपनि पहिले भन्द बढी उत्पादन गर्न सक्ने उनले जनाए ।