दांगमा बँदेलसहित दुई पक्राउ - Dastabej

दांगमा बँदेलसहित दुई पक्राउ


  • दस्तावेज

  • डिभिजन वन कार्यालय देउखुरी दाङबाट वन्यजन्तु सहित दुई व्यक्ति पक्राउ गरेको छ । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले वन्यजन्तु ओसारपसार गरेका दुईजना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थित पूर्वपश्चिम राजमार्गबाट लु १ च ९९९४ नम्बरको पिकअप गाडीमा बन्यजन्तु राखेर लैजादै गर्दा प्रक्राउ गरिएको हो । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी ठगेन्द्रबहादुर डाँगि र चालक कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ निवासी दलबहादुर सारू रहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख सुबेदीले जनाए । जिपको पछाडि अन्दाजी पैतिस किलोका दुईवटा जंगली बँदेल बोरामा राखेर लैजादै गर्दा पक्राउ गरेको उनले बताए । बरामद गरिएको दुईवटा जंगली बँदेल बाँके राष्ट्रिय निकुञ्जमा छाड्ने तयारी भइरहेको छ । पक्राउ परेका दुई जनालाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय देउखुरीको हिरासत घोराहीमा राखिएको छ । पक्राउ गरेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

  • २६ कार्तिक २०७७, बुधबार ०८:०२ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा